महेन्द्रनगर । कञ्चनपुरमा वादी समुदायलाई शौचालय, आवास मर्मत र शुद्ध खानेपानीको व्यवस्था गरिने भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै उक्त योजनाको उदघाटन गरिएको छ । भीमदत्त नगरपालिकाको वडा नम्वर १५ र १८ मा रहेका ३६ घरधुरीलाई शौचालय, आवास मर्मत र शुद्ध खानेपानीको व्यवस्था गर्ने भएको हो ।
४ घरधुरीले १ शौचालय प्रयोग गर्ने गरी ३ वटा शौचालय निर्माण गरिने ६ वटा घर मर्मत र ६ वटा शुद्ध खानेपानीको धारा जडान गरिने भएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले आफनो सपना पुरा भएको महसुस भएको बताउनु भयो ।
यो समुदायलाई अगाडी बढाउनका लागी पालिकाले विगतका दिनमा पनि विभिन्न स्वरोजगार मुलक तालिम प्रदान गरेको र अहिले १० लाख रुपैँया आफनै पहलमा व्यवस्थापन गर्न सफल भएपछि उहाँहरुले भोग्दै आउनु भएका समस्यालाई मध्ये नजर गर्दै समस्याको समाधान गर्न पालिकाले योजना अगाडी बढाएको बताउनु भयो ।
आर्थिक रुपमा विपन्न रहेको यो समुदायलाई जोगाउनु पर्ने संरक्षण गर्नुपर्नेमा सबैको सामुहिक दायित्व रहेको भएर सबैले उहाँहरुको समस्यालाई समाधान गर्न सबैले साथ र सहयोग आवस्यक रहेको नगर उपप्रमुख लेखकले बताउनु भयो । आगामी दिनमा पनि यो समुदायको आर्थिक उन्नतीका लागी विभिन्न तालिम प्रदान गर्ने र उहाँहरुको उत्थान गर्नमा पालिकाले अहम भुमिका खेल्ने बताउनु भयो ।
साथै कुनैपनि समस्या हुँदा जहिले पनि आएर निर्धक्क आफनो समस्या राख्न पनि उहाँले अनुरोध गर्नु भयो । यस्तै, आफनो भनाई राख्दै प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले समुदायको पहुँच र स्थानिय सरकारले दिने योजनामा जोडनका लागी र उहाँहरुको समस्यालाई मध्ये नजर गर्दै यो योजना लागु गरिएको बताउनु भयो । योजनाहरु पटक पटक नपाँउने र जे जती योजना पाउनु भएको यसको प्रभावकारिु कर्यान्वयन गुणस्तरीयमा पनि ध्यान दिन आग्रह गर्नु भयो ।
साथै आउदा दिनमा पनि यो समुदायको उन्नतीको लागी पालिकाले सदैव साथ र समन्वय गर्ने बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष एवम भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष अध्यक्ष भुवन राज भट्टले बिपन्न बर्गहरुलाई विभिन्न तालिमहरु प्रदान गरेको र यो योजनामा पनि उहाँहरुको सहभागितामा वडाले साथ दिएको बताउनु भयो । प्राथमिकताको आधारमा यो समुदाय जहिले अगाडी रहेको त्यही अनुरुप आफुले आगामी दिनमा र विगतमा पनि वडाले साथ र सहयाृेग गर्ने प्रतिवता जाहेर गर्नु भयो ।
वादी समुदायका अगुवा सिवीराज राना वादीले पालिकाले दिएको योजनाले गर्दा वादी समुदायलाई निकै सहज भएको बताउनु भयो । शुद्ध खानेपानी खान नपाएर धेरै जना विरामी हुने, शौचालयको प्रयोग गर्न नपाएर फोहर हुने स्वास्थ्यलाई असर हुने भएकाले अब पालिकाले दिएको यो योजनाले सबैलाई राम्रो र सहज हुने बताउनु भयो ।
Comments are closed.