महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका देशभरमै मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी उच्च तालिम (एडभान्स तालिम) प्रदान गर्ने पहिलो पालिका बनेको छ । न्यायिक समिति वेदकोट नगरपालिकाको आयोजनामा शनिवारदेखी पालिकामा रहेका सबै मेलमिलापकर्ताहरुलाई उच्च तालिम (एडभान्स तालिम) को उदघाटन गरिएको हो । हाम्रो समस्या “हाम्रै समाधानः मेलमिलाप” भन्ने नारासहित ५ दिने उच्च तालिम (एडभान्स तालिम) दिईएको हो ।
तालिमका प्रशिक्षक एवम अधिवक्ता गणेश कडायतले मेलमिलाप परिषद देशमा नयाँ व्यवस्था आईसकेपछि देशैभरमा यो पहिलो पटक तालिमको आयोजना गरिएको बताउनु भयो । मेलमिलाप सम्बन्धी आधारभुत तालिम ४८ घण्टे तालिम लिईसकेकाहरुले समुदायमा काम गर्दा आईपर्ने समस्याहरु विषयमा थप विषयमा पोख्त बनाउनका लागी यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
मेलमिलापकर्ताहरुले हितहरु निकाल्ने, विकल्पहरु निकाल्ने, मुल्य सिर्जना कसरी गर्ने सुनाई सिप सञ्चार सिपहरुको विषयमा जानकारी प्रदान गरी उहाँहरुलाई कार्य गर्न सहज बनाउने उदेश्य रहेको बताउनु भयो । साथै उहाँहरुलाई अझै दक्ष बनाउन सिपयुक्त बनाउन र थप कानुनका नयाँ विषयहरुको जानकारी दिनका लागी यो उच्च तालिमको आयोजना गरिएको जानकारी दिनु भयो ।
साथै न्यायिक समितिले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ का विवादमा फैसला नै गर्ने अधिकार दिएको छ भने, ४७ को २ मा मेलमिलाप गर्ने अधिकार दिएको छ, त्यही भएर मेलमिलकापकर्ता हरु न्यायिक समितिको अभिन्न अंग पनि भएको अधिवक्ता कडायतले जानकारी दिनु भयो । स्थानिय तहमा समुदायका स्थानियहरुको सहजताका लागी यो विधी प्रक्रिया लिईएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले न्यायमा सहज पहुँच र आफनै स्थानिय गाँउघरमा विवादको समाधान र नयाँ सम्बन्ध विस्तारका लागी सहज होस भनेर यो उच्च तालिम मेलमिलापकर्ताहरुलाई प्रदान गरिएको बताउनु भयो ।
साथै विवादमा समाधानका लागी अन्य क्षेत्रमा जानका लागी लाग्ने खर्च हानी नोक्सानी समयको खर्च लगायतका विषयलाई मध्ये नजर गर्दै न्यायिक समितिको अबधारणालाई अगाडी ल्याएको भएर त्यसैलाई जनता माझ सहज रपले सेवा प्रदान गर्नका लागी १० वटै वडामा मेलमिलाप केन्द्रको स्थापना गरी काम भईरहेको बताउनु भयो ।
समाजमा एकआपसमा सौहाद्र वातावरणको निर्माण गरी शान्ती अमन चयन कायम गर्ने र मेललिमापकर्ताहरुलार्य आईपर्ने समस्याको समाधान गर्न सजिलो बनाउनका लागी तालिमको आयोजना गरिएको बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष नगर उपप्रमुख तुलसी जोशीले वेदकोट नगरपालिकाका १० वटै वडामा मेललिमाप केन्द्र गठन गरी काम विवाद निरुपण गर्ने कार्य पनि भईरहेको बताउनु भयो ।
मेलमिलापकर्ताहरुको सिप क्षमतालाई अभिवृद्धि गर्न र कोर्षको आधारमा यो तालिम दिनुपर्ने भएकाले ५ दिनको यो तालिम प्रदान गरिएको बताउनु भयो । विवाद समाधान गर्दा स्थानिय स्तरमा भएका समस्याहरुको निरुपण गर्ने, न्यायिक समितिलाई सहयोग गर्ने, वडा अध्यक्षहरुलाइ सहयोग गर्ने, र सिंगो नगरपालिकालाई न्याय दिनका लागी आफनो सिप दक्षताको प्रयोग गरी न्याय सम्पादन गर्न सहज बनाउनका लागी यो तालिम प्रदान गरिएको बताउनु भयो ।
Comments are closed.