महेन्द्रनगर । कञ्चनपुरमा ६७ औं रास्ट्रिय सहकारी दिवस भव्यताको सम्पन्न भएको छ । “सहकारीमा सुशासन प्रविधि र एकीकरण” भन्ने मुल नाराको साथमा जिल्लामा रहेका सहकारीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै ६७ औं रास्ट्रीय सहकारी दिवस सम्पन्न गरेका हुन् । वेदकोट नगरपालिका ४ मा रहको सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि आफनो चौथो वार्षिक साधारण सभा र ६७ औं रास्ट्रिय सहकारी दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने बताउनु भयो । एक दुई सहकारीले गरेको गल्तीले सबै सहकारीहरु ठग भएको भन्न नमिल्ने र सहकारी क्षेत्रको योगदानलाई स्मरण गरेर सहकारी संचालन गर्नमा सबैले साथ र सहयोग गर्न आग्रह गर्नु भयो ।
मानविय कल्याण सामाजिक कल्याणका विषयवस्तुलाई उठान गरेर कार्यक्रम गरेर शेयर सदस्यहरुको आत्मनिर्भर बनाउने समाजलाइ आर्थिक टेवा पुय्राउने मुल उदेश्य सहकारीको रहेको बताउनु भयो । साथै उहाँले नितिसंगत कार्यक्रमहरु गर्नुपर्ने र नैतिकवान बनेर शहकारीमा लाग्ने र समयमा रिण चुक्ता गर्न पनि आवस्यक रहेको बताउनु भयो ।
सहकारीले समाज र राज्यमा ठुलो योगदान दिएको बताउँदै महिला दिदिबहिनीहरुमा आर्थिक शसक्तिकरण भएको सिप सिकाएर आत्म निर्भर बनाएको, रोजगारमुखी भएर उद्यमशिल भएको भएर सहकारीले आफैमा राज्यको तेस्रो अंगको रुपमा अर्थतन्त्रको रुपमा रहेको जानकारी दिनुभयो । अहिले वेदकोट नगरपालिकामा रहेका थुप्रै सहकारीहरुले राज्यलाई नै ससहयोग गर्ने सामाजिक कार्यमा अगाढी विभिन्न तालिम दिएर आत्म निर्भर सिपयुक्त बनाएको भएर अहिले धेरै महिला दिदिबहिनीहरुले आफुलाई आर्थिक रुपमा अगाढी बडाएको आफुले देखेको बताउनु भयो ।
साथै सहकारीमा आन्तरिक सुशासन बाह्य सुशासन, र वैयक्तित सुशासन अति आवस्यक रहेको बताउनु भयो । यी तिन विषयहरु सहकारीले लागु गरेन भने अन्य सहकारी झै डुब्ने खतरा बढने बताउनु भयो । सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममका सभाध्यक्ष एवम सहकारीका अध्यक्ष नरेन्द्रबहादुर चन्दले २०७८ मा स्थापना भएको र छोटो समयमा गुणस्तरिय उपलब्धी हासिल गरेको बताउनु भयो । अहिले १ सय ६१ जना शेयर सदस्यहरु रहेको र ५० कित्ता खरिद भएको र मासिक ३ सयका दरले बचत भईरहेको बताउनु भयो ।
साथै अहिले बाल बचत, एकल बचत,एैच्छिक बचत। संस्थागत बचत गर्ने गरेको र रिण लगानी गर्दा कृषी क्षेत्रमा बढी ग्राहयता दिएर रिण लगानी भएको बताउनु भयो । साथै दुध संकलन मल खाद बिउविजन पनि वितरण गरिरहेको र आगामी दिनमा दिगो विकास र संचालनका लागी थप शसक्त कार्यक्रमको योजना रहेको बताउनु भयो ।