वेदकोट देशैभरमा पहिलो भएको मेलमिलाप सम्बन्धी उच्च तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले आयोजना गरेको ५ दिने मेलमिलाप सम्बन्धीउच्चतालिम (एड्भान्स तालिम) सम्पन्नभएको छ । यो तालिम देशैभरमा वेदकोट नगरपालिकाले पहिलो पटक आयोजना गरेको हो । चैत्र १७ गतेदखी २१ गतेसम्म आयोजना गरिएको तालिममा पालिकाका १० वटै वडाबाट ६ जना गरी ६० जनालाई तालिम प्रदान गरिएको हो ।

वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले यो तालिम लिइसकेपछि सामुदायिक मेलमिलापकर्ता हरुलाई समुदायबाट आउने विवाद समस्याहरुलाइ सहज तरिकाले समाधान गर्न सुमधुर सम्बन्ध विस्तार गर्न सहज हुने बताउनु भयो । यो तालिम मेलमिलापकर्ताहरुलाई प्रदान गर्नका लागी विज्ञता हासिल गर्नु भएका प्रशिक्षकबाट तालिम दिने व्यवस्था गरिएको र तालिम अवधीभरमा सहभागि जनाउनु भएका मेलमिलापकर्ताहरुले पनि पूर्ण जिम्मेवारका साथमा ५ दिन सम्म धैर्य भएर सक्रिय भएर तालिममा सहभागिता जनाउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

साथै उहाँले यहाँ सिकेका ज्ञानलाई आफनो जिवनमा लागु गरी समस्याहरु समाधान गर्दा सिकेको सिप ज्ञानलाई प्रयोग गरी न्याय सम्पादन गर्न पनि आग्रह गर्नु भयो । पालिकालाई मेलमिलापमय बनाउँदै न्याय प्रत्याभुत गर्ने खालको कार्य गर्न र सबै समस्याहरुको समाधान खोजी जितजितको अवधारणामा गएर सम्बन्ध विस्तार सुमधुर सम्बन्ध निर्माण गरेर शान्ती वातावरणको सिर्जना गर्नमा अहम भुमिका खेल्नु हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

साथै उहाँले तालिमलाइ सम्पन्न गराउन सहयोग गर्न हुने, प्रशिक्षकहरु,सहभागीहरु, कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकिय अधिकृत, नगर प्रमुख, न्यायीक समितीका सदस्यहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।वेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले गतवर्ष आधारभुत तालिम प्रदान गरिएको मेलमिलापकर्ता थप गरेर प्रत्येक वडामा मेलमिलाप केन्द्रको स्थापनागरिएको जानकारी दिनु भयो ।

अहिले पालिकाको न्यायिक समितिले गरेको कार्य सराहनिय रहेको र वडामा नै विवाद समस्याहरु समाधान भएपछि पालिकामा आउने विवादहरु वडामा नै समाधान भएपछि सहजभएको बताउनु भयो । यो तालिमले सहभागिहरुको क्षमता विकास भएर वडामा नै उहाँहरुले विवाद समस्याहरुलाइ समाधानगर्न सक्ने र सबैको समय आर्थिक पनि कम खर्च हुने भएर अहिले पालिकामा राम्रो काम भएको बताउनु भयो ।

वेदकोट नगरपालिका का न्यायीक समितीका उजुरी प्रशासक अधिकृत अमर महराले यो तालिमले मेलमिलापकर्ताहरुलाई विवाद समाधान गर्न सहजता हुने विश्वास रहेको बताउनु भयो । अहिले स्थानिय विवादमा जग्गाको विवाद, कुलो, बालिनाली, रकम लेनदेन आदी विवादहरु समाधान हुने गरेको बताउनु भयो ।

अधिवक्ता एवम प्रशिक्षक रोहित देउवाले विगत लामो समयदेखी समुदायमा गरिरहेको कार्य अनुभव संस्थागत विकास क्षमता विकास र भविष्यमा मेलमिलाप कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर नै यो तालिमको आयोजना गरिएको बताउनु भयो ।सामुदायिक मेलमिलापकर्ता हरुका लागी ३ प्रकारका तालिमहरु दिईने आधारभुत तालिम, पूर्न ताजगी तालिम र उच्च तालिम रहेको भएर यो तालिम उच्च भएकाले उहाँहरु अब आफै समस्याहरु विवादहरुलाई समाधान गर्न सक्ने दक्ष बनाएर समुदायमा जाने भएकाले यो तालिमको महत्व रहेको बताउनु भयो ।

यस्तै सहभागी एवम सामुदायिक मेलमिलापकर्ता वेदकोट नगरपालिका २ जडेपानीका मानबहादुर रानाले विगतमा भएको अनुभवमा यो तालिमले थप काम गर्नमा सहजता हुने र कानुनले के भन्छ कसरी विवादहरु समस्याहरुलाई समाधान गर्न सकिन्छ भनेर सहजता ल्याउने बताउनु भयो । परम्परागत विषयमा रहेर हामीले गरेका समाधानमा अबदेखी कानुन संविधानमा टेकेर न्यायलाई सहजीकरण प्रभावकारी बनाउन सकिने विषयवस्तुको ज्ञान भएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.