भीमदत्तद्धारा समाज कल्याण बाल अनाथालयलाइ १ लाख सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले बाल अनाथालयमा १ लाख रुपैँया सहयोग गरेको छ । भीमदत्त नगरपालिका ४ मा रहेको समाज कल्याण बाल अनाथालयमा रहेका बालकहरु मध्ये २ जना रोहित पनेरु र रोहित थापाको जन्मदिनको अवसर पारेर बुधवार १ लाखको चेक हस्तान्तरण गरेको हो ।

भीमदत्त नगरपालिका का नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, प्रवक्ता पदम अवश्थी, वडा नम्वर ४ का अध्यक्ष शुसिल भट्ट लगायतको उपश्थितीमा १ लाखको चेक हस्तान्तरण गरिएको हो । नगर प्रमुख बोगटीले यो संस्थाभित्र रहेका सबै छोरछोरीहरु हाम्रा हुन यिनीहरुको भविष्य निर्माण गर्नमा सबैको हातोमालो आवस्यक रहेको हुँदा पालिकाले पनि केही रकम सहयोग गरी सर्वाङगिण विकासमा हातेमालो गरेको बताउनु भयो ।

साथै यो अनाथालयको विकासका लागी पालिकाले आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । यस्तै, नगर उपप्रमुख लेखकले यी अबोध बालकहरुको भविष्य निर्माणमा पालिकाले बाचा गरे अनुरुप उहाँहरुलाइ सहजता दिनका लागी पालिकाले अहिले सहयोग गरेको बताउनु भयो । साथै आगमी दिनहरुमा बालकहरुको उन्नती संस्थाको स्तर वृद्धि र शिक्षामा सहज गर्न पनि पालिकाको सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भयो ।

अहिले पालिकाले अनाथालयमा वर्षातमा हिलो हुने भएपछि हिँडनका लागी सहजता होस भनेर ईटाहरुको सहयोग गरी बाटो निर्माण पनि गरेको उहाँले बताउनु भयो । यस्तै समाज कल्याण बाल अनाथालयका सदस्य भगवती थापाले यो सहयोग गरेको प्रती पालिकालाई धन्यवाद व्यक्त गर्नु भयो ।

संस्थाका पदाधकारीहरुले विभिन्न पालिकामा संस्थामा सहयोगका लागी अपिल गरेको भएर पालिकाले अहिले जुन सहयोग गरेका छ । त्यसले शौचालय निर्माण र अन्यमा प्रयोग गर्ने बताउनु भयो । अहिले अनाथालायमा २१ ज्ना बालकहरु रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.