महेन्द्रनगर । कञ्चनपुरमा रहेका अनधिकृत जग्गा, अतिक्रमित जग्गा, र जग्गामा निर्मित भवनहरुलाई हटाउन ४५ दिने समयसिमा दिइएको छ । विहीवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको वैठकले जिल्लामा रहेका सबै अनधिकृत जग्गा, अतिक्रमित जग्गा, र जग्गामा निर्मित भवनहरुलाई हटाउने निर्णय भएको हो । उक्त वैठक प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको थियो ।
उक्त वैठकमा भीमदत्त नगरपालिका प्रमुख उपप्रमुख जिल्ला समन्वय समितिका अध्यक्ष, सबै राजनितिक दलका प्रतिनिधीहरु, सुरक्षा निकायका प्रतिनिधीहरु, खाद्य व्यवूथापनका प्रतिनिधी, नेपाल बाल संगठनका प्रतिनिधी लगायतको उपश्थिती रहेको थियो । वैठकले जिल्ला प्रशासन कार्यालय, भुमी सुधार तथा मालपोत कार्यालय,नापी कार्यालय, तथा यातायात व्यवस्था कार्यालय अगाढी सार्वजनिक जग्गामा बनाईएका खोका छाप्रा हटाउनका लागी ७ दिने सुचना जारी भएको र उक्त दिन भित्र खाली नगराए त्यस्ता खोका छाप्रालाई भीमदत्त नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले हटाउने निर्णय भएको छ ।
यस्तै बाल मन्दिरको स्वामित्वमा रहेका जग्गामा बसेकाहरुलाई हटाउनका लागी ३० दिनको समयसिमा दिने सुचना ३ दिन भित्र लगाउने निर्णय भएको छ । साथै बैसाख ५ गते भित्र भीमदत्त नगरपालिकालको आयोजनामा सरोकारवालाहरुको वैठक बसी त्यस्ता संरचना हटाउने समय सिमा तयार गर्ने निर्णय भएको छ । यसैगरी साविकको नेशनल ट्रडिङ लिमिटेडको नामको हाल खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको नामको जग्गामा बनेका अनधिकृत घर टहरा हटाउन १५ दिनको समयसिमा दिईने भएको छ ।
साथै नगर विकास समितिको नाममा रहेको जग्गा मध्ये बेरित पूर्वक गरिएको लिज सम्झौता तथा अनधिकृत रुपमा बनेका घर टहरा एकिन गरी त्यस्ता लिज सम्झौता तथा अनधिकृत घर टहरा हटाउने सम्बन्धमा नगर विकास समितीले अविलम्व आवस्यक कारवाही अगाढी बढाउने जनाएको छ । अहिले सदरमुकाम महेन्द्रनगरमा मात्रै सयौं विघाह जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।
सरकारी सार्वजनिक जग्गालाई कानुन विपरित प्रयोग गरेको कब्जा गरेको, नियन्त्रणमा लिएको, उदेश्य विपरित प्रयोग भएका सरकारी जग्गा तथा सार्वजनिक जग्गाको विवरण प्राप्त गरी सम्बन्द्ध निकायसंगको समन्वयमा जग्गा साविकको अवस्थामा फिर्ता ल्याईने भएको हो ।
प्रशासनले पनि पछिल्लो समय गरेको अनुगमनमा पनि विभिन्न क्षेत्रमा अतिक्रमित भएका सरकारी जग्गाहरु एवम नगर विकासका जग्गाहरु पनि अबैध रुपमा प्रयोग गरेको पाइएको छ । नेपाल बाल संगठन बाल मन्दिरले गत विहिवार ७ दिन भित्रै उक्त क्षेत्र खाली गर्न भन्दै सुचना टाँसेको थियो ।