बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

महेन्द्रनगर ।  बैतडीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटनामा मृत्युु भएका दुबैजनाको पहिचान खुलेको छ ।जिल्लाको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिनुभयो। उनीहरू दुबैजनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.