महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागी दावी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय १० दिनभित्र अर्थात् बैशाख २ गतेसम्मका लागि तोकिएको छ । प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन ।
‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते हिजो बिहीबार संविधानको धारा १६९ ९१० को खण्ड ९क० बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्युले नेपालको संविधानको धारा १६८ ९२० बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहमुत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आईतबार बेलुकी ५ बजे भीत्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ । सङ्घीय सरकार अनुसार गठवन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। तर सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ । सङ्घीय सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी संग १०र१० जना र नेकपा एकीकृत समाजवादीसंग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् ।
एमाले, माओवादी, एकीकृत समाजवादीका शिर्ष नेतका बीचमा सुदूरपश्चिमका पहिलो चरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सो सहमति अनुसार काठमाडौमा रहेका प्रदेश सभा सदस्यहरु धनगढी आएपछि सरकार दाबी पेश गर्ने प्रयास हुने बताइएको छ । प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १र१ जना प्रदेश सभा सदस्य छन् ।