महेन्द्रनगर । धनगढीमा मर्निङ वाक गरिरहेकी बृद्धा सडकको तार बेरिएर ट्रक संगै लछारिएकी बृद्धा ३५ दिनदेखी अचेत छिन् । धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ५ तारानगरकी ७० बर्षिय इन्द्रा पन्त ३५ दिनदेखी अचेत अवस्थामा छिन् ।
गत फागुन १६ गते बिहानै मर्निङ वाक पन्तलाई धनगढीको एक्सिस बिद्याश्रमको चोकदेखी करिब बालमिकि स्कुलसम्म डेलिभरी मिनि ट्रकले लछारेर घाइते बनाएको थियो । सडक क्षेत्रमा रहेका टेलिफोन र इन्टरनेटका तारमा सहित ट्रक संगै लछारिएकी उनलाई बालमिकि स्कुल नजिक स्थानियले उद्धार गरेर उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धनगढीकै मायामेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ ।
सडकको फुटपाथमा छरिएका टेलिफोनको तार ट्रकमा अडकिएर फुटपाथमा हिडदै गरेकि पन्तको खुट्टालाई बेरेपछि उनि ट्रक संगै लछारिन पुगेकी हुन् । करिब ३०० देखि ५०० मिटर अगाडि लछारिएकी उनको टाउका तथा घुँडामा गम्भिर चोट लागेको छ । टाउकोकै चोटका कारण उनि अँझै होसमा आउन सकिरहेकी छैनन् ।
आफन्तका अनुसार हालसम्म पन्तको उपचारमा २० लाख बढी खर्च भइसकेको छ । आफन्तहरुले टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनिहरुको लापरबाहीका कारण घटना घटेको बताएका छन् ।
सम्बन्धित निकायले मर्मत सम्भार गरेको भए घटना नघट्ने आफन्तको बुझाई छ । यस्तै धनगढी उपमहानगरपालिकाले यस्ता कमी कमजोरीको पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।