महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा एडीबी (एसियाली डेभेलोपमेन्ट बैँक)को अनुदानमा सम्पन्न भएको र चालु अवस्थामा रहेका विभिन्न आयोजनाहरुको अनुगमन तथा मुल्याङकन गरिएको छ । शनिवार वेदकोट नगरपालिका ७ मा रहेको सुडा टाउन खोनपानी उपभोक्ता तथा सरसफाई संस्थामा एडीबीको कन्सलटेन्ट टोलीले अनुगमन तथा मुल्याङकन गरेको छ ।
उक्त टोलीमा ईन्डीपेन्डेन्स ईन्टरनेशनल कन्सलटेन्ट पामिला ह्वाईट, नेशनल कन्सल्टेन्ट कान्ता जोशी, क्षेत्रिय व्यवस्थापन आयोजना कार्यालय नेपालगञ्जका निमित्त आयोजना प्रमुख रमेश थापा लगायतका रहेका थिए । वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्दै उहाँले यो खानेपानी आयोजनाले धेरै जनजाती दलितहरु लगायत अन्यहरुको जिवनमा नै परिवर्तन आएको बताउनु भयो ।
पहिला खोला नालाबाट फोहर पानी खानु पर्ने बाध्यताको अन्त्य भएको र स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुमा पनि कमी भएको र स्वच्छ खानेपानी पाएपछि सबै स्वस्थ्य भएको बताउनु भयो । उहाँले यो आयोजना एकदमै आवस्यक पर्ने ठाँउमा आएको बताउँदै यो आयोजना दिने संस्था प्रती धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले आउनु भएका टोलीलाई स्वागत गर्नु भएको थियो ।
अहिले एडिबीले गरिरहेका र सम्पन्न भएका विभिन्न आयोजनामा के कस्तो काम भएको छ, महिलाहरुको सहभागिता, समितिमा महिलाहरुको अवस्था, आयोजनाले दिएको परिवर्तन के रहेको छ भनेर जानकारी लिन टोली आएको क्षेत्रिय व्यवस्थापन आयोजना कार्यालय नेपालगञ्जका निमित्त आयोजना प्रमुख रमेश थापाले जानकारी दिनु भयो ।
समुदायमा खानेपानी आयोजना पुगेपछि विषेश गरेर महिलाहरुमा परेको प्रभावहरु के रहेका छन् । आर्थिक आम्दानी के कस्तो रह्यो, आयोजनाले के के फाइदा भयो भनेर जानकारी लिन टोली आएको उहाँले बताउनु भयो । उक्त कार्यक्रममा आयोजनाबाट प्रभावित रहेका महिलाहरुलाई टोलीले आयोजना नहुँदा र हुँदामा के के परिवर्तन भयो ? भनेर प्रश्न गरेका थिए, जवाफमा सहभागी महिलाहरुले विगतमा स्वास्थ्यमा बेफाईदा हुने खालका पानीहरु खोलाबाट, कुँवाबाट, हाते पम्पबाट खानेपानीको प्रयोग गरेको बताएका थिए।
जसबाट उक्त पानी प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या हुने उपचार गर्न रकम खर्च हुने, पानी लिन समय बढी लाग्ने टाढा टाढा पानी लिन जानु पर्ने विभिन्न समस्याहरु बताएका थिए । अहिले आयोजना आएपछि सबैले शुद्ध, सफा स्वस्थ्य खानेपानी पाएको जस्ले गर्दा स्वास्थ्यमा पनि राम्रो भएको र समयको बचतका साथै तरकारी खोती, गाई भैसीलाई पनि प्रयाप्त पानी भएपछि दुध बेचेर आर्थिक उन्नती पनि भएको सहभागी महिलाहरुले बताएका थिए ।
शुद्ध खानेपानी पाएपछि स्वास्थ्यमा पनि कुनै प्रकारको समस्या नभएपछि उपचारमा जाने खर्चको पनि बचत भएको उनिहरुले बताएका थिए । उक्त सुडा टाउन खोनपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापना २०७३ फागुन १९ गते मा सम्झौता भई आयोजना २०७६ बैशाखमा सम्पन्न भएको थियो ।
अहिले २ हजार ३ सय ६२ घरधुरीमा स्वच्छ खानेपानी प्रदान गरिरहेको छ । उक्त आयोजनाको लागत खर्च ३२ करोड ३ लाख ६० हजार ३ सय ४९.४४ मा सम्पन्न भएको थियो जसमध्ये ५ प्रतिशत उपभोक्ताको र २५ प्रतिशत नगर विकास कोषको ऋणमा र बाँकी लगानी एडीबीको रहेको थियो ।
Comments are closed.