सार्क स्कुलले सुदूरपश्चिममै पहिलो पटक समर क्याम्प सञ्चालन गर्दै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको सार्क स्कुलमा समर क्याम्प सञ्चालन गरिने भएको छ। सार्क एजुकेसनल फाउण्डेसनद्वारा सञ्चालित उक्त विद्यालयले आइतबारदेखि सुदूरपश्चिममै पहिलो पटक समर क्याम्प सञ्चालन गर्ने भएको हो।

परीक्षा दिएर घर बसेका विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापहरूमा सहभागी गराउन समर क्याम्पस सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ। क्याम्प ३ वटा विधामा सञ्चालन गरिने सार्क एजुकेसनल फाउन्डेसनका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार क्याम्प ६ दिनसम्म सञ्चालन हुनेछ जसअन्तर्गत क्यानभास पेन्टिङ, स्क्रिप्ट राइटिङ र रोबोटिक्स लगायतका विभिन्न रचनात्मक क्रियाकलापहरूमा विद्यार्थीहरू सहभागी हुनेछन्। साथै उनले क्याम्पबाट विद्यार्थीहरू रचनात्मक, वर्णनात्मक र कुशल हुने बताए।

देशका ख्यातिप्राप्त प्रशिक्षकहरूले क्याम्प सञ्चालन गर्ने तथा अन्य विद्यालयका विद्यार्थीहरूले समेत सहभागी हुन पाउने विद्यालयले जनाएको छ।

सम्बन्धित

Comments are closed.