महेन्द्रनगर । कञ्चनपुरको बेलाडाँडी गाउँपालिका ५ मा फागुनको अन्तिम साता गाउँमा स्थानियको विवाह कार्यक्रम हुन्छ । त्यही विवाहमा बेलाडाँडीकी १६ वर्षीया लता (नाम परिवर्तन) पनि गएकी हुन्छिन, उक्त विवाहमा लताले रमाइलो गर्छिन, नुत्य संगै आफना साथीभाईसंग मिलेर खाना खाने रमाईलो गर्ने कार्य पनि हुन्छ ।
गरिब परिवारकी लतालाई कालागौडीमा बस्ने कहिले काँही मात्रै नेपाल आउने तर बढी समय भारतमा बस्ने हसिना रानाको नजर लाग्छ, उनले उक्त विवाहमा हसिनालाई आफनो तारगेट बनाउछिन र उनिसंग फेसबुकमा जोडिन र यता खासै राम्रो छैन म तिमीलाई राम्रो नौकरी दिन्छु भनेर त्यो पहिलो भेटमा कुरा हुन्छ, त्यो कुरा कसैलाई पनि थाहा हुँदैन ।
फेसबुकमा हसिना रानाको नाम रहेको आईडीबाट रिक्वयस्ट आउँछ र उनिहरु बिच कुराकानी शुरु हुन्छ आफनो समस्या गरिबी सबै परिवारको अवस्था लताले हसिनालाई सुनाउछिन, हसिनाले पनि उनलाई आफनो जालमा पार्नका लागी यता भन्दा उता राम्रो काम दिने पैसा पनि कमाई हुने भनेपछि चैत्र २ गते अचानक लता घरबाट भागेर जान्छिन । घरमा लता हराएको भन्ने मात्रै उनका बुवाले जानकारी पाउँछन तर कता गयो को संग गयो भन्ने जानकारी सम्म हुँदैन ।
भोली पल्ट खोजी तलासी हुन्छ प्रहरीमा पनि खोज्नका लागी बुवाले निवेदन दिन्छन , तर लता कहाा छ भन्ने जानकारी कसैसंग पनि हुँदैन हसिनाले लतालाई आफनो जालमा फसाई सकेकी हुन्छिन उनिहरु चैत्र ३ गते कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै भारतमा प्रवेश गरेको देखिन्छ । उता, भारतको हरियाणाको पानीपथ भन्ने ठाँउमा लतालाइ तस्करले पुय्राई सकेको हुन्छ ।
हसिनाले लतालाई होटलमा लगेर काम यही गर्ने हो भन्दै म एकछिनमा आउँछु भन्दै त्यँहा लतालाइ छोडेर बाहिर जान्छिन र केही समयपछि उनि एक्लै हुँदा लताले पनि हसिनालाई खोज्न त्यो होटलबाट भागेर बाहिर जान्छिन उनि जोरजोरले चिच्याएर कराएर रुन थालिन, त्यहाँ स्थानियहरुको भिड देखेर भारतिय प्रहरी पनि पुग्छन र लतालाइ सोधपुछ गर्दा उनले आफनो सबै कुरा ती भारतिय प्रहरीलाई सुनाउँछिन ।
र त्यहाँ रहेको बाल उद्धार गर्ने संस्थामा लतालाई सुरक्षित राखिएको र नेपालबाट बेलडाँडी गाउँपालिकाका उपप्रमुख शान्ती नाथ र परिवारका सदस्यहरु हरियाणा पुगेर वालिकालाइ नेपालमा ल्याएका छन् । उपप्रमुख शान्ती नाथका अनुसार ती महिला हसिना रानाले यो भन्दा पहिला पनि धेरै वालिकाहरुलाई काम दिने प्रलोभनमा पारेर बेचेको सुन्नमा आएको बताउनु भयो ।
आफुले ती महिलाको खोजी तलासीको लागी प्रहरीमा निवेदन दिएर कानुनी कटघरामा ल्याउने उहाँले बताउनु भयो ।