डडेल्धुराको एक सहकारीबाट चोरले ११ लाखसहित सिसिटिभि पनि लगे

महेन्द्रनगर । डडेल्धुराको एक सहकारीमा चोरी भएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख तथा प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार शुक्रबारदेखि सहकारीको कार्यालय बन्द रहेको थियो ।आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको थियो ।

झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको प्रहरीले बताएको छ ।

सम्बन्धित

Comments are closed.