महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ मा रहेको सडक मर्मतले तिव्रता पाएको छ । नेपाल सरकारको भौतिक मन्त्रालयबाट आर्थिक वर्ष २०७९÷८० मा २ करोड बजेटमा उक्त सडकको मर्मत सम्भार हुने भएको हो ।
वेदकोट नगरपालिकाको ७ मा रहेका गाउजीको जिरोप्वाईन्ट देखी, हाजरा, सुन्दरपुर, चथरी, हात्तीथला हुँदै वेदकोट ८ बैजनाथ धाम सम्म रहेको क्रमागत बजेटबाट जिर्ण भएका सडकहरुलाई मर्मत सम्भार गरिने वेदकोट नगरपालिका ७ का वडा अध्यक्ष थानेस्वर प्रशाद भट्टले जानकारी दिनु भएको छ ।
पहिलो चरणमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोज बोहराको अध्यक्षतामा बसेको वैठकले १ करोड वडा नम्वर ७ मा र अर्काे १ करोड वडा नम्वर १ मा सडक मर्मत गर्ने निर्णय भएको थियो । जस अनुसार माग गरिएको ठेक्का अनुसार कामले तिव्रता पाएको छ ।
२०७९ सालको संघिय प्रदेश चुनावमा प्रतिनिधी सभा सदस्य एनपी सावद र प्रदेश सभा सदस्य बहादुर सिंह थापाले जनतासंग गरेको प्रतिवद्धता अनुसार सो आयोजनाको कामले अहिले सार्थकता पाएको छ । १० वर्ष पहिले निर्माण गरिएको सडक हाल आएर जिर्ण भएपछि स्थानियहरुलाई प्रयोग गर्न पनि सास्ती हुँदै आएको थियो ।
र अहिले सडक मर्मत र निर्माण हुन थालेपछि स्थानियहरु हर्षित भएका छन् । वर्षातमा हिल्लाम्मे हुने र सुख्खायाममा धुल्लामे हुने र सडकमा भएका खाडलले गर्दा दुर्घटनाको जोखिम पनि बढेको भनाई रहेको छ ।
तर अहिले उक्त सडकको मर्मत सम्भार र निर्माण भएपछि स्थानियले पालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।
Comments are closed.