वेदकोट ९ को नव निर्मित वडा भवनको समुदघाटन

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नव निर्मित वडा भवनको समुदघाटन गरिएको छ । मंगलवार वेदकोट नगरपालिका वडा नम्वर ९ को नव निर्मित भवनको मंगलवार नगर प्रमुख भोजराज बोहराले समुदघाटन गर्नु भएको छ । वेदकोट नगरपालिका ९ का वडा अध्यक्ष जनकबहादुर विष्टले आर्थिक वर्ष २०७९÷८० मा वेदकोट नगरपालिका र एसएमबी कन्ट्रक्सन विच संघिय विषेश अनुदान मार्फत ८० लाख बजेट रकम रहेको र निर्माण कम्पनीले ४९ लाख ३२ हजार ८ सय ३० मा भवन निर्माण सम्पन्न गरेको बताउनु भयो ।

निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा भित्रै काम सम्पन्न भएको र यो वडा भवन निर्माण गर्ने क्रममा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले वडा भवन निर्माण गर्नका लागी आफनो दर्ता जमिनबाट जग्गादान गर्ने दाताहरुलाई पनि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सबै स्थानियहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

उहाँले अबदेखी नियमित रुपमा नयाँ भवनबाट वडाले आफनो सेवाहरु प्रदान गर्ने बताउनु भयो । साथै, नगर स्तरिय योजना अनुगमन समितीले पनि विगतमा विभिन्न चरणमा अनुगमन गरेको भएर यो भवनको गुणस्तर पनि राम्रै भएको र प्राविधिक टोलीले पनि साथ र सहयोग दिएको बताउनु भयो ।

उहाँले डिजायन र स्टिमेटमा नभएको तर निर्माण कम्पनीले बढी काम गरेर सहयोग गरेको बताउनु भयो । पालिकाका ईन्जिनियर,पवन सिंह विष्टले साथै उहाँले भवन समयमै गुणस्तरिय निर्माण गरिएको र विगतका दिनमा भवनको जग हाल्ने क्रमदेखी छतको ढलान गर्ने बेला पटक पटकको समयमा यो भवनमा अनुगमन गर्न आफै र अन्य कर्मचारीहरु आएको भएर गुणस्तरमा पनि राम्रो काम भएको ईन्जिनियर विष्टले बताउनु भयो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका प्रमख अतिथी भोजराज बोहराले भवन मात्रै नयाँ भएर नहुने त्यस भवनबाट प्रदान गरिने सेवा पनि नयाँ प्रबिधीको भरपुर प्रयोग गरेर सेवाग्राहीहरुलाइ छिटो छरितो सेवा प्रदान गर्नु पर्ने बताउनु भयो । साथै उहाँले जग्गादान गर्ने दाताहरुलाई सम्मान व्यक्त गर्नु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.