कञ्चनपुरमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल सुरु

महेन्द्रनगर । कञ्चनपुरमा नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा विहिवार बाट सञ्चालन उक्त फिल्म फेस्टिभल सुरु भएको हो । युरोपियन युनियन – नेपाल सम्वन्धको पचास वर्ष ः सासकृतिक विविधताको उत्सव भन्ने मूल नाराका साथ यस वर्षको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयमा यही चैत्र २८ र २९ गते सञ्चालन हुने भएको हो ।

बुधवार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागी यूरोपियन युनियनका उपप्रमुख डा जोएल ईभोनेट्सले युरोपियन युनियन र नेपालको दौत्य सम्वन्धको पचास वर्ष मनाउन युरोपको विधिता पुर्ण संस्कृति जिवनशैली र सिनेम्याटीक श्रृजनसिलता आदान प्रदान गर्न नेपालका विभिन्न ठाँउहरुमा चलचित्र महोत्सव आयोजना भईरहेको वताउनु भएको छ ।

साथै उहाले सुदूरपश्चिम विश्वविद्यालयमा दास्रो पटक महोत्सवको आयोजना गरिएको वताउदै सहकार्यको लागी विश्वविद्यालयलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ । १३ ओैं सस्करणको पहिलो चरणमा वाग्मती प्रदेशमा यही चैत्र ७ र ८ गते महोत्सव सम्पन्न भईसकेको छ ।

भने सुदूरपश्चिम विश्वविद्यालयमा चैत्र २८ र २९ गते छनौटमा परेका पाँच वटा युरोपियन चलचित्र मिस भिर्वोग, मिकादो, स्कुल गर्लस, लग्जेम्वर्ग लग्जेम्वर्ग र सर्भेन्टज तथा छ वटा नेपाली चलचित्र ध्येय ड्रिम्स, आखत, लेड्स टक पिरियड रातो पछ्रयौरी, द मिराज र फेरा प्रदर्शन गरिने छन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.