महेन्द्रनगर । कञ्चनपुरमा अनधिकृत जग्गामा बनेका अबैध संरचनाहरुलाई हटाउने कार्य को सुरुवात भएको छ । बुधवार भीमदत्त नगरपालिका स्थित मालपोत, नापी, र यातायात कार्यालय अगाढी रहेका क्षेत्रमा रहेका सरकारी जग्गामा रहेका खोका छाप्रा हटाउने कार्य भइरहेको हो ।
नगरप्रमुख पदम बोगटी, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नगर प्रवक्ता पदम अवश्थी भीमदत्त नगरपालिका ४ का अध्यक्ष शुसिल भट्ट,जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ससस्त्र प्रहरी बलका एसपी लगाएतले स्थलगत अनुगमन पनि गरेका छन् । अनुगमन क्रममा सरकारी जग्गामा रहेका संरचना हटाउने सूचनाको अन्तिम म्याद सकिन लागेकोले छिटो हटाउन सम्बन्धितलाई आग्रह गरिएको छ ।
यो कार्यमा सबैले सहयोग गर्न समेत अनुरोध गरिएको छ । अहिले उक्त क्षेत्रमा रहेका खोका छाप्राहरुलाई आफै हटाउने कार्य पनि भईरहेको छ । अधिकाँसले आफै आफना खोका छाप्राहरुलाई हटाएर लगेका छन भने पक्की घरहरु पनि आफैले तोडेर जग्गा खाली गरिरहेका छन् । फागुन २२ गते बसेको सर्वपक्षिय, सर्व दलिय वैठकले विभिन्न ठाउँमा भएका अनधिकृत जग्गा खाली गर्न समय सिमा निकालिए सुचना टाँस गरिएको छ ।
वैठकले जिल्ला प्रशासन कार्यालय, भुमी सुधार तथा मालपोत कार्यालय,नापी कार्यालय, तथा यातायात व्यवस्था कार्यालय अगाढी सार्वजनिक जग्गामा बनाईएका खोका छाप्रा हटाउनका लागी ७ दिने सुचना जारी भएको र उक्त दिन भित्र खाली नगराए त्यस्ता खोका छाप्रालाई भीमदत्त नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले हटाउने निर्णय भएको छ ।
यस्तै बाल मन्दिरको स्वामित्वमा रहेका जग्गामा बसेकाहरुलाई हटाउनका लागी ३० दिनको समयसिमा दिएको छ । यसैगरी साविकको नेशनल ट्रडिङ लिमिटेडको नामको हाल खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको नामको जग्गामा बनेका अनधिकृत घर टहरा हटाउन १५ दिनको समयसिमा दिईने भएको छ ।
साथै नगर विकास समितिको नाममा रहेको जग्गा मध्ये बेरित पूर्वक गरिएको लिज सम्झौता तथा अनधिकृत रुपमा बनेका घर टहरा एकिन गरी त्यस्ता लिज सम्झौता तथा अनधिकृत घर टहरा हटाउने सम्बन्धमा नगर विकास समितीले अविलम्व आवस्यक कारवाही अगाढी बढाउने जनाएको छ । अहिले सदरमुकाम महेन्द्रनगरमा मात्रै सयौं विघाह जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।
Comments are closed.