कञ्चनपुरमा आगो नियन्त्रण गर्ने सम्बन्धी कृत्रिम नमुना अभ्यास सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा विपद पूर्वको तैयारीका लागी आगो नियन्त्रण गर्ने सम्बन्धी कृत्रिम नमुना अभ्यास गरिएको छ । भीमदत्त नगरपालिकाको वन वातावरण फोहरमैला तथा विपद व्यवस्थापन शाखाको आयोजनामा र सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३५ गण हेडक्वाटर शैलेस्वरी झलारीको समन्वय तथा सहकार्यमा आगलागी नियन्त्रण गर्ने उपाय बारेमा कृत्रिम नमुना अभ्यास गरिएको हो ।

भीमदत्त नगरपालिका १९ बागफाटामा रहेको लक्ष्मी मावी उल्टाखाम बागफाटाको प्राङगणमा आगलागी भएपछि कसरी क्षतीलाई कम गर्न सकिन्छ, कसरी उद्धार गर्ने, भन्ने बारेमा स्थानियहरु, विद्यार्थीहरुलाई उक्त कृत्रिम नमुना अभ्यास गरेर प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथ िएवम भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपद कुनै वाजागाजा बजाएर नआउने जुनसुकै बेलामा पनि विपद आउने भएकाले त्यसबाट हुने क्षतीलाई कम गर्नको लागी यस्ता कृत्रिम नमुना अभ्यासहरुले धेरै कुराहरु सिकाउने भएकाले यो अभ्यास अति नै प्रभावकारी हुने बताउनु भयो ।

अहिले आज आगलागीको मात्रै यहाँ नमुना अभ्यास गरिएको भएपनि बाढी, पहिरो, भुकम्प लगायतका धेरै विपदहरु आउने भएकाले सबैले सचेत हुने र कम क्षती गर्नका लगी नमुना अभ्यासले पनि सहयोग गर्ने बताउनु भयो । नमुना अभ्यासको अवलोकन पछि नगर प्रमेख बोगटीले विपद व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी नगर प्रहरी र स्थानियहरुको मुख्य भूमिका रहने बताउनु भयो ।

उहाँले हिउँदको समयमा आगलागीका घटनाहरू बढिरहेको बताउँदै त्यसलाई न्यूनीकरण गर्न र ठूलो क्षति हुन नदिन नमुना अभ्यासले सहयोग पुग्ने बताउनु भयो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम नगर उपप्रमुख निलम लेखकले विपद हुने गरेका क्षतीलाई कम गर्नका लगी यो नमुना अभ्यासबाट सिकेका सिपलाई आफनो जिवन पनि लागु गर्न आग्रह गर्नु भयो । साथै पालिकाले आगामी दिनहरुमा यो विषयमा बजेट विनियोजन गरी बढी भन्दा बढी वडाहरुमा यस्तो प्रकारका नमुना अभ्यासको आयोजना गर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका सभाध्यक्ष वडा नम्वर ११का वडा अध्यक्ष एवम वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक प्रकाश थापाले नमुना अभ्यासमा सहभागी हुनु भएकाहरुले प्रत्यक्ष देखेर आगोलाई नियन्त्रण गर्ने उपाय कसरी गर्न सकिन्छ भन्ने जानकारीहरु प्रदर्शन गरेर देखाउको भएर पनि उपयोगी रहेको बताउनु भयो । साथै यस्ता कार्यक्रमहरु भीमदत्त नगरपालिकाको १९ वटै वडामा लागु गर्ने योजना अनुरुप काम भईरहेको बताउनु भयो ।

कार्यक्रमकमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास पनि गरेको थियो । खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको पनि जानकारी गराउने उद्देश्यले आगलागी सम्बन्धी नमुना अभ्यास गरिएको भीमदत्त नगरपालिकाको वन वातावरण फोहरमैला तथा विपद व्यवस्थापन शाखा प्रमुख मनोज प्रशाद भट्टले जानकारी दिनु भयो ।

विपद् व्यवस्थापन सम्बन्धी आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार नमुना अभ्यास आगलागी घटना हुँदा नियन्त्रण, खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृतिम नमुना अभ्यास गरेको थियो ।

आगलागी हुँदा तत्काल गरिने आगो नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको एउटा टोलमा आगलागी भएपछि प्रहरीलाई तत्काल खबर गर्ने, नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर दमकल लगायतका विधिमार्फत आगलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउने र प्रहरीको टोलीले क्षतिको मुचुल्का उठाउने लगायतको प्रहरीको कार्यहरूलाई नमुना अभ्यास गरी देखाइएको थियो ।

सम्बन्धित

Comments are closed.