स्वर्गीय बुबाआमा र दाइको सम्झनामा ‘सुना–गोपीकृष्ण’ अक्षयकोष स्थापना

महेन्द्रनगर । कञ्चनपुरका हिरा चन्दले विद्यावारिधि उपाधी (पिएचडी) हासिल गरेपछि इस्टकुल देवता र अक्षर आरम्भ गरेको विद्यालयको नाममा २ लाख भन्दा बढिको ‘सुना–गोपीकृष्ण’ अक्षयकोष स्थापना गरेका छन ।

बैतडी शिवनाथ गाउँपालिका –५ कफाडी घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –१० गड्डाचौकी बस्ने हिरा चन्दले पिएचडी उपाधी हासिल गरेपछी बुबा आमा र दाइको सम्झनामा अक्षय कोष स्थापना गरेका हुन ।

आज नव वर्षको शुभ अवसरमा स्वर्गिय बुबा गोपि चन्द, आमा सुना देवि चन्द र जेष्ठ दाइ कृष्ण बहादुर चन्द (प्रथम गुरु) उदयदेव महराज कफाडी बैतडीको नाममा १ लाख ११ हजार १११ र उदय मावि. कफाडि बैतडीको नाममा पनि १ लाख ११ हजार १११ धनराशिको ‘सुना– गोपिकृष्ण’ नामक अक्षयकोष स्थापना गर्ने निर्णय लिएको चन्दले बताए ।

सम्बन्धित

Comments are closed.