महेन्द्रनगर । कञ्चनपुरसंग जोडिएका नेपाल–भारत गड्डाचौकि र ब्रह्मदेव सिमा नाका ४ दिनका लागि बन्द हुने भएका छन् । छिमेकि राष्ट्र भातरको उत्तराखण्ड राज्यको जनपद चम्पावत अन्तरगत क्षेत्रमा लोक सभा निर्वाचन हुने भएकाले सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै ४ दिनका लागि चम्पावत क्षेत्रसंग जोडिएका नाका बन्द हुने भएका हुुन ।
भारतको जनपद चम्पावतमा यहि बैशाख ७ गतेका दिन प्रथम चरणको मतदान सम्पन्न हुने भएकाले बैशाख ४ साँझ ५ बजेबाट ७ गते सम्म सो क्षेत्रसंग सिमा जोडिएका गड्डाचौकि र ब्रह्मदेव सिमा नाका ४ दिनका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबार एक सुचना जारी गर्दै ४ दिनका लागि जिल्लाका दुईवटा सिमा नाका गड्डाचौकि र ब्रह्मदेव सिमानाका बन्द गरिने जनाईएको हो । सिमा नाका बन्दका समयमा नेपाल–भारत सिमा नाकामा अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने समेत सुचनामा जनाईएको छ ।
भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमानुसार नै सीमा बन्द गर्ने चलन छ ।