महेन्द्रनगर । मुख्यमन्त्रीको दाबी पेस अस्वीकृत भएपछि रेशम पक्षधर लक्ष्मण किशोर चौधरी सर्वोच्च अदालत जाने भएका छन्। प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत जान लागेको चौधरीले बताए। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले न्यायका लागि आफू अदालत जान लागेको बताए। उनले भने, संविधानको बर्खिलाप भएको छ।
विधि प्रक्रिया अनुसार बहुमत पुर्याउँदा पनि संविधान बर्खिलाप गतिविधि भयो। यसलाई सच्चाउन पर्छ भन्ने हाम्रो माग हो। सच्चाएन भने हामी सर्वोच्च अदालत जान्छौँ।
मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बहुमत नपुगेको भन्दै मुख्यमन्त्रीका लागि पेस भएका दुवै दाबी अस्वीकृत गरेका थिए।
Comments are closed.