विद्युतको लापरबाहीले एक विपन्न गरिब परिवारको विचल्ली

महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरणको चरम लार्पबाहीले कञ्चनपुरको एक विपन्न गरिब परिवारको विचल्ली भएको छ । भीमदत्त नगरपालिका ११भुजेला बैजनाथ टोलकी कमला धामी परिवारकोे विचल्ली भएको हो । भीनपा ११का स्थानीय अगुवा भैरव भट्टले विद्युतको लार्पबाहीले अधिया बनाउँदै आएकी धामीको १०कट्टा खेतमा रहेको गहुँ जलेर नष्ट भएको बताए ।

उनका अनुसार विद्युत ट्रान्समिटरबाट आगो लागेर धामीको अधिया लगाएको १० कट्टा जमिनको गहुँबाली खरानी भएको छ । ‘गहुँखेतमा नजिकै विद्युत ट्रान्समिटर राखिएको छ, ‘उनले भने, ‘यस अघि पनि लार्पबाहीले अन्नबाली जलेको थियो,अहिले पनि जल्यो, विद्युतलाई जनताका समस्या बारे वास्ता नै छैन ।’ स्वदेशमा रोजगारी नपाएपछी कमलाका श्रीमान विदेश छन ।

कमलाले यता स्वदेशमा छोराछोरीको बर्षभरी पेट पाल्न स्थानीय भुवन भट्टको खेत अधिया कमाएकी थिईन, त्यही खेतमा भएको गहुँ जलेर नष्ट भएपछि धामी परिवारको विचल्ली हुने भएको छ । स्थानीयले विद्युत प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने, रेडक्रस, स्थानीय सरकार, प्रशासनसंग माग अघि सारेका छन ।

सम्बन्धित

Comments are closed.