सुदूरपश्चिम विश्वविद्यालयका ३ सय ७६ विद्यार्थी दीक्षित हुँदै
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले चौथो दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले बैशाख ९ गते दीक्षान्त समारोह गर्ने भएको हो । प्रधानमन्त्री एव सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आथित्य रहने छ ।
उक्त दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने छ । कुल एक हजार ३ सय ३७ विद्यार्थी मध्ये ३ सय ७६ जना प्रत्यक्ष दीक्षित हुने परीक्षा नियन्त्रक अनुराधा रोकायाले बताईन । यस पटक अनलाईनबाट पनि फारम संकलन गरेको र स्थानीय स्तरमै नभएका बाह्य क्षेत्रमा रहेका विद्यार्थीको सहजताका लागि अनलाईन फारम भर्ने व्यवस्था गरेको उनले बताईन ।
व्यवस्थापन संकाय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस ईन्जिनियर संकाय स्नातक तहका नविन प्रंशाद भट्टलाई भ्वाईस चान्सलर पदक पाउने भएका छन । यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, बिरेन्द्र चौधरी, हरि प्रशाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नविन प्रशाद जोशी, टार्जन भण्डारीले गोल्डमेडल पाउन लागेका छन् ।
यस पटक एमफिल तर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेका छन् । शिक्षा र मानविकी संकायका २÷२ विद्यार्थी दीक्षित हुन लागेका छन् । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले यस पटकको दीक्षान्त समारोह समयमै हुने बताए ।