कञ्चनपुरका मनकारी युवाले फिर्ता गरे ५ तोला सुन र नगद रकम

महेन्द्रनगर । कञ्चनपुरका एक युवकले सडकमा फेला पारेका सुनका गरगहना लगायतका सामग्री सम्बन्धित मान्छेलाई बुझाएका छन् । भीमदत्त–७ का भोजराज भट्टले बिहिबार आफ्नो घर अगाडीको सडकमा सुनका गर गहना, आइप्याड, नगद रुपैयाँ तथा कागजात सहित एउटा झोला (पर्स) फेला पारेका थिए ।

उक्त पर्समा अन्दाजी पाँच तोला भन्दा बढी सुनका गरगहना लगायतका सामग्री रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय पुनम जोशीले आफ्नो गरगहना सहित पर्स हराएको भनेर वडा प्रहरी कार्यालय महेद्रनगरमा निवेदन दिएकी थिइन् ।

पर्स पाउना साथ भट्टले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले निवेदक जोशीलाई बोलाएर हराएको पर्स पाउने युवक भट्ट मार्फत नै बुझाइएको जनाइएको छ ।

सम्बन्धित

Comments are closed.