महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले जिल्लामा पहिलो पटक आयोजना गरेकोे एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । आइतवारदेखी सुरु भएको उक्त एकीकृत घुम्ती सेवा सोमवार सम्पन्न भएको हो । उक्त एकीकृत घुम्ती सेवाबाट वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले यो कार्यक्रम अति ने प्रभावकारी भएको आफुले पाएको र जनताहरुले पनि कार्यक्रम फलदायी र सेवामुखी भएको प्रतिक्रिया दिएको बताउनु भयो । जनतालाइ नागरिकहरुलाइ सेवा सुविधाहरु सहज रुपमा प्रदान गर्ने उदेश्यले स्वास्थ्य, कृषी वडा कार्यालयले प्रदान गर्ने सेवाहरु घरदैलोमा दिने योजना अनुरुप यो कार्यक्रम गरिएको बताउनु भयो ।
साथे वडा सरकारले दिने सेवा सुविधाहरु के के छन त ? भनेर जानकारी स्थानियहरुले थाहा पाउँनु भएको छ, साथै विभिन्न जेष्ठ नागरिकहरु, अपाङगता हुनु भएकाहरु लगायतले आफनै घरमा सेवा पाउँनु भएको छ, यो नविनतम कार्य गर्नु भएकोमा वडालाई धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले भन्नु भयो । साथै यो कार्यको मुल्याङकन गरी आगामी दिनमा यसलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा स्थानियहरुको राय सल्लाह सुझाव प्रतिक्रिया अनुरुप अगाढी बढने योजना रहेको बताउनु भयो ।
बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले आफु निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समिक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर प्रदान गरिएको बताउनु भयो । नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका कामकाज बारे जनतासंग समिक्षा, सुझाव संकलनदेखि आगामी आर्थिक बर्षको नीति, कार्यक्रम योजना बारे छलफल गरिएको बताउनु भयो ।
चालु शैक्षिक सत्र ०८१ मा विद्यार्थी भर्ना अभियान संचालन भईरहेका बेला ‘सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीप्को सुनिश्चिता’ मुल नारा अघि सारेर शिक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएकाले सो अभियान समेत सफल पार्ने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । स्थानिय एवम सेवाग्राही कमला भट्टले वडा कार्यालयबाट दिइने सेवाहरु आफनै घर आँगनमा पाउँदा धेरे खुसी लागेको बताउनु भयो
उहाँले आफनो पेटमा समस्या भएको र चेकजाँच गरेर निशुल्क रुपमा औषधी पनी पाएको बताउनु भयो । साथै लालपूर्जाको अद्यावधिक गर्नुपर्ने पनि यसै एकीकृत घुम्ती सेवाबाट काम भएकोले खुसी लागेको र यस्तै कार्य आगाम िदिनमा पनि निरन्तरता दिन आग्रह गर्नु भयो ।
आइतबार ( ९ बैशाख) बिहान शुभकामना टोलदेखि शुरु हुने घुम्ती सेवा दिउँसो कञ्चन टोल, शिवशक्ति टोल, र सोमबार ( १० बैशाख) मा दिउँसो बैजनाथ टोल पुस्तकालय प्राङगमा त्रिवेणी चोकमा कार्यक्रम गरिएको थियो ।
Comments are closed.