जैविक तटवन्ध (वायोइन्जिेनेरिङ्ग ) प्रति समुदायको विश्वास वडदै

महेन्द्रनगर । कञ्चनपुरमा जैविक तटवन्ध (वायोइन्जिेनेरिङ्ग) प्रति समुदायको विश्वास वढदै गएको पाईएको छ । शुक्लाफाँटा नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ विच जैविक तटबन्ध निर्माण कार्य गर्नको लागि सहकार्य भएको छ । सुनवरा नदीको तिव्र कटानिलाई रोकथाम गर्नको लागि नेपाल राष्ट्रिय समाज कल्याण संघको एमरेड परियोजना सँग सहकार्य गरेको छ ।

शुक्लाफाटा नगरपालिका वडा नं २ रानिपुर समुदाय र वडा नं. ३ को पिपलाडि समुदायमा २०० मिटर जैविक तटबन्ध निर्माणको कार्य शुभारम्भ भएको छ । मंगलवार एक कार्यक्रमका विच शुक्लाफाँटा नपा वडा नं. ३ पिपलाडी समुदायमा सुनवरा नदी कटान रोकथाम तथा न्यूनिकरणका लागि १०० मिटर जैविक तटवन्धन निर्माण कार्यको उदघाटन गरिएको छ ।

नगर उप प्रमुख कल्पना कुमारी जोशी र वडा अध्यक्ष नरेन्द्र चौधरी वाट ४ मिटर वाँसलाई जमिनमा पाइलिङ्ग गर्दै निर्माण कार्यको शुभारम्भ भएको हो । नगर उप प्रमुख कल्पना कुमारी जोशीले जलवायु परिवर्तनले गर्दा अत्याधिक वर्षा हुने नदी खोलामा बाढी आई समुदायमा बस्तीमा पसेर नोक्सान गर्ने देखिएकोले यो जैविक तटबन्धले केही मात्रामा उक्त क्षतलिाई कम गर्नेमा आफुले विस्वास लिएको बताउनु भयो । साथै यो परियोजना आफनो पालीकामा लागु गरेर कार्य गर्नुभएकोमा संस्थालाई पनि धन्यवाद व्यक्त गर्नु भयो ।
जैविक तटवन्धन लागत सहभागिता
पिपलाडी समुदायमा सुनवरा नदीले तिव्र रुपमा कटानि भइरहेको अवस्थालाई अध्ययन गर्दा भविष्यमा थप हुनसक्ने कटानिलाई रोकथाम गर्नका लागि यो कार्यक्रम लागु गरिएको ल्ल्क्ध्ब् एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनु भयो ।

चालु आ.व. ०८०।८१ मा छनोट भएको योजना वमोजिम यस पिपलाडी र सुनबरा समुदायमा २०० मिटर जैविक तटवन्धन निर्माण कार्यका लागि नगरपालिकाको तर्फ बाट १ लाख ८० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५४ हजार ९ सय ८९ ( ८२ दिन रोजगारी), जनताको तटबन्धवाट ४ हजार २ सय पलाष्टिकका वोरा सहयोग भएको बताउनु भयो ।

८२ हजार समुदायको तर्फ बाट जन श्रमदान र ल्ल्क्ध्ब् एमरेड परियोजनाको तर्फ बाट रु ९२ हजार २ सय ४१ सहकार्य मार्फत निर्माण कार्य भईरहेको उहाँले जानकारी दिनु भयो । तटबन्धनको स्थायित्व तथा बलियोपना बढाउनका निमित्त बाढीको पानी सहन गर्नसक्ने, छिटै हुर्कने तथा बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका जातका विरुवाहरू लगाईने एमरेड परियोजनाका संयोजक घिमिरे बताउनु भयो ।

तटबन्धनमा लगाइएको बिरुवाबाट दोहारो फाइदा लिनका निमित्त स्थानीय भू–बनोट र हावापानी सुहाउँदो जातहरूका बिरुवा रोप्नु पर्ने कुरामा परियोजनाले समुदायलाई प्राविधिक एवम आर्थिक सहयोग पनि गर्ने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.