कञ्चनपुरको महाकाली नदीको धारलाई पुरानो ठाँउमा ल्याउने गरी काम हुँदै

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीको धारलाई पुरानो ठाँउमा ल्याउने गरी कार्य भईरहेको छ । निर्माणाधीन चार लेनको पुलको विच भागमा महाकाली नदीको पानी बग्ने गरी महाकाली नदीको पानीलाई एक धारमा अर्थात पुरानो धारबाट ल्याउने गरी काम भईरहेको हो ।

वर्षातको सममा महाकालीको पानीको धार वस्ती र ४ लेन सडक भएको तर्फ भएर बग्ने भएको हुँदा त्यसले वर्षातमा अझ बढी डुवानको जोखिम भएको हुँदा अहिले स्टीमेटमा पनि परिवर्तन गरी महाकाली नदीको विच भागमा ५० मिटर चौडाई ५ मिटर गहिराई हुने गरी खन्ने काम भईरहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले जानकारी दिनु भयो ।

“महाकाली नदीबाट आयआर्जन गर्नका लागी यसमा भएको ढुंगा गिट्टी बालुवा निकाल्ने तर नजिक रहेका वस्ती सडकको पनि संरक्षण गर्नु पय्रो” उहाले बताउनु भयो,“फेरी स्थानियहरुको पनि माग यही रहेको छ आफुहरुले स्टिमेटमा पनि परिवर्तन गरी वस्तीलाई जोगाउन ४ लेनको पुललाई पनि बचाउन सबैको संरक्षण गर्न दिगो रुपले काम भई रहेको छ ” ।

भीमदत्त नगरपालिकाको वडा नम्वर ११, १२, र १३ को वस्ती तर्फ बढी कटानी भईरहेको अवस्थामा महाकाली नदीको धारलाई परिवर्तन गर्न बनाइएको यो ५० मिटर चौडा र ५ मिटर गहिरो धारले काम गर्नेमा आफु विश्वस्त रहेको भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनु भयो । महाकाली पुल योजना महेन्द्रनगरका सव ईन्जिनियर दुर्गादत्त अवश्थीले महाकाली नदीको धार महेन्द्रनगर बजार तर्फ वस्ती तर्फ बढी गइरहेको अवस्थामा महाकाली नदीको धारलाई विचभागबाट ल्याउने र पानी सबै विच भाग भएर बग्यो भने वर्षातमा क्षती कम हुने बताउनु भयो ।

आगामी दिनमा पानीले आफनो बाटो बनाउने र महाकाली नदी पनि बिच भागमा भएर बग्ने भएर पनि यो वस्ती र सडक पनि सुरक्षित रहने बताउनु भयो । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले तेस्रो संसोधन डिजायनबाट अहिले महाकालीको धारलाई पविर्तन गर्ने भईरहेको बताउनु भयो उहाँले महाकाली नदीको धार पूर्वतर्फ बढी रहेको भएर त्यस धारलाई परिवर्तन गरी वस्तीलाई डुवानबाट जोगाउनका लागी यो कार्य भइरहेको बताउनु भयो ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको वित्तिय प्रगती ९० प्रतिशत र भौतिक ९५ प्रतिशत सम्पन्न भएको छ । गत वर्षको काम गरेबापत रु आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएपछि काम पनि सुचारु भएको छ । पुल र सडक निर्माण पूरा भएपछि महाकाली नदीले धार परिवर्तन गर्दा अलग्गिएको कञ्चनपुरको दोधारा चाँदनी क्षेत्र पूर्वपश्चिम राजमार्गसँग जोडिने छन् ।

कञ्चनपुरदेखि दार्चुला हुँदै चीनसँग जोडिने महाकाली कोरिडोर र भारतसँग जोडिने दोधारा चाँदनीमा प्रस्तावित एकीकृत जाँच चौकीलाई लक्षित गरी महाकालीमा पक्की पुल निर्माण भइरहेको हो । पुलको दुवैतिर ७ दशमलव ८ किलोमिटरको पहुँच मार्ग हुनेछ । नदीभित्र ४ वटा पोखरी बन्ने छन् । पुलको दुवैतर्फ नदीमा बाँध बाँधेर आँखा आकारको पोखरी र आइल्याण्ड निर्माण गरी पर्यटकीय स्थलसमेत बनाउने लक्ष्य छ ।

चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माणपछि नेपाल, भारत र चीनसम्मको त्रिदेशीय नाका दार्चुलासम्मको कनेक्टिभिटी सहज हुनुका साथै पश्चिम नेपालबाट विकासको ढोका खुल्ने अपेक्षा गरिएको छ । पुल निर्माण ठेक्काको अन्तिम म्याद चैत १४ गतेका लागि चौथो पटक थप गरिएको थियो ।

सम्बन्धित

Comments are closed.