महेन्द्रनगर । कञ्चनपुरको लालझाडीे गाँउपालिकामा जलवायुमैत्री नमुना गाँउ बनाउनका लागी कृषी ज्ञान केन्द्र कञ्चनपुर र लिबर्ड नामक गैर सरकारी संस्थाले काम गरिरहेका छन् । ४ वर्षे योजना अनुरुप लालझाडी गाँउपालिका ६ चान्देवमा रहेका ४२ घरधुरी कृषकहरुलाई विभिन्न सामग्रीहरु र प्राविधीक र आर्थिक सहयोग गरेर उनिहरुको उत्पादनमा वृद्धि गर्ने, उनिहरुलाइ सिप सिकाएर तरकारी खेती, पशुपालन गर्ने तरिकाहरु सिकाएर आत्म निर्भर बनाएको हो ।
राधा महिला कृषक समुहको निर्माण गरी उनिहरुलाई २० वटा प्लाष्टिक टनेल, १० बंगुरको खोर, ८ बाख्राको खोर, ६ वटा पोखरी, ३ वटा सुधारिएको गोठ सहयोग गरेको कृषी ज्ञान केन्द कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले जानकारी दिनु भयो । उनिहरुलाई गड्यौला मल ६ जनालाई, १ सय केजी पाईप ३३ जनालाइ स्प्रे टंकी २२ जनालाई र थोपा सिचाँइमा पनि सहयोग गरेको उहाँले बताउनु भयो ।
अहिले कृषकहरुले विभिन्न मौसमी बेमौसमी तरकारीहरु टमाटर, लौका, तितो करेला, काक्रा आदीको व्यावसायिक खेती गरेका हुन् । पछिल्लो समय जलवायु परिवर्तन ले गर्दा मौसममा पनि परिवर्तन हुने र किसानहरुलाई चाहिएकोबेलामा पानी नपर्ने बढी गर्मी हुने भएकाले उनिहरुले जुन सुकै बेलामा पनि तरकारी उत्पादन गर्न सकुन भनेर विभिन्न सामग्री सहित प्राविधिकहरुको व्यवस्था गरेर उहाँहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनु भयो ।
साथै विभिन्न समस्याहरुसंग जुध्न सक्ने अनुकुलनका उपाँयहरु अबलम्बन गर्न सकुन भनेर जानकारी प्रदान गर्ने सिप सिकाउने र स्थानिय स्तरमा उपलब्ध हुने विभिन्न किसिमका प्रविधीहरुको प्रयोग गर्ने गरी कार्यक्रम संचालन गरिएको बताउनु भयो । अहिले कम्पोष्ट मल, घरको खेर गईरहेको पानीलाइ प्रयोग गर्ने विधी, थोपा सिचाइ, सोलार पानी तान्ने प्रविधी, गोठ सुधार गर्ने तरिका, गडयौला ममल बनाउने विधी, एकिकृत कृषी र पशुपंक्षीहरुको स्मार्ट तरिकाले काम गर्ने भनेर कार्यक्रम गरिएको कृषी ज्ञान केन्द कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले जानकारी दिनुभयो ।
साथै उहाँहरुले उत्पादन गरेको तरकारीलाई बेचेर मनग्य आम्दानी गरेको पनि उहाँले बताउनु भयो । लालझाडी गाँउपालिका ६ का अध्यक्ष हर्कनारायण जोशीले कृषी ज्ञान केन्द्र कञ्चनपुर र लिबर्डले गरेको सहयोगले स्थानिय किसानहरुले तरकारी उत्पादन गरी राम्रो आमदानी गरिरहेको बताउनु भयो । साथै बेमौसमी तरकारी फलाउने तरिका आफनै गाँउमा पाईने प्राङगारिक मलहरु बनाएर बढी उत्पादन गर्न पनि सिकाएको उहाँले बताउनु भयो साथै यो कार्यक्रम लागु गर्ने कार्यालय र संस्थालाई उहाँले धन्यवाद पनि व्यक्त गर्नु भयो ।
लिवर्ड सक्षम परियोजना प्रमुख ईन्द्रेश्वर मण्डलले सिजन विपन्न समुदायका किसानको आत्मनिर्भर बनाउनका लागि उनीहरुलाई जलवायु अनुकुल तरकारी खेती तर्फ उन्मुख गराएको बताए । उनका अनुसार किसानलाई प्रविधी सहित टर्नेल निर्माण, गोठ सुधार, बिउबिजन वितरण तालिम लिएर व्यवसायिक तरकारीखेती व्यवसायमा अग्रसर गराएको बताए ।
स्थानिय किसान पार्वती चौधरीले वर्षमा १ देखी २ लाख रुपैँया बचत गरेको बताउनु भयो । पहिला आफनै श्रिमान संग पैसाको लागी हात थाप्नु पर्ने अवस्था रहेको थियो भने अहिले अवस्थामा परिवर्तन आएको बताउनु भयो । अहिले श्रिमानले आफुबाट पैसा माग्ने गरेको बताउनु भयो । आफना २ सन्तानलाई निजी विद्यालयमा बढाइरहेको बताउँदै उहाँले आफुहरुले विभिन्न सिप सिकेर अहिले व्यावसायिक तवरले तरकारी खेतीमा लागेको बताउनु भयो ।