महेन्द्रनगर । कञ्चनपुरमा रहेको शिद्धनाथ विज्ञान क्याम्पसमा विश्व गैँडा दिवसको उपलक्ष्यमा विधार्थीहरुसंग छलफल गरिएको छ । क्याम्पसमा अध्ययनरत विधार्थीहरुसंग नेपालमा गैँडाको अवस्था, चुनौती संरक्षणको अवस्था लगायतका विषयमा छलफल भएको हो ।
शिद्धनाथ विज्ञान क्याम्पसका प्राध्यापक बलराम अवश्थीले विश्व गैँडा दिवसको उपलक्ष्यमा विधार्थीहरु, प्राध्यापकहरु लगायत अन्य कर्मचारीहरुलार्य गैँडाको विषयमा जानकारी, कसरी गैँडामा चुनौती थपिदैछ ? कसरी संरक्षण गर्न सकिन्छ ? अवस्था कस्तो रहेको छ भनेर जानकारी प्रदान गरिएको बताउनु भयो ।
साथै, आफनो अनुभवहरु एक आर्कालाई दिने र यसको संरक्षण गर्नमा सबैको एक्यवद्धता जरुरी रहेको बताउनु भयो । साथै उहााले गैँडाले फालेको विकार वस्तुलाई अन्य जिवजन्तुले पनि प्रयोग गर्ने खाने जस्ले गर्दा अन्य जिवजन्तुलाई पनि फईदा भएको र उनिहरु पनि यो पृथ्वीमा जिवित रहेको बताउनु भयो ।
यस्तै शुक्लफाँटा राष्टिय निकुञ्जको संरक्षण अधिकृत मनोज ऐरले सन १९९९ तिर एक पोथी गैँडा रानी तालमा देखा परेको भएपनि पछिल्लो समय सन २००० र २०१७ मा ९ वटा गैँडा चितवनबाट स्तान्तरण गरिएको बताउनु भयो अहिले उक्त शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरका अनुसार निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यामा वृद्धि भएको बताउनु भयो । निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो । सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ।
निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले, तीन पोथी, चार पहिचान नभएको गरेर आठ, २०१८ मा चार भाले, ९ पोथी र चार पहिचान नभएको गरेर १७, २०२१ मा तीन भाले, चार पोथी, पाँच पहिचान नभएको गरेर १७, २०२२ मा चार भाले, सात पोथी र ९ पहिचान नभएको गरेर २० र २०२४ मा ६ भाले, १० पोथी, सात पहिचान नभएको गरेर २३ पुगेको हो। अन्तिम वर्ष २०८० को फागुन ५ देखि २२ सम्म पहिचानमा आधारित एकसिंगे गैँडाको गणना गरिएको थियो।