भीमदत्त १८ मा रहेको ईको पार्कमा वृक्षारोपण गरिएका विरुवाहरु हुर्किदै

महेन्द्रनगर । कञ्चनपुको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कमा अहिले विभिन्न प्रजातीका बोट विरुवाहरु हुर्किहेका छन् । विगत केही वर्ष यता उक्त ईको पार्कमा समयसमयमा हुने गरेका कार्यक्रमहरुमा वृक्षारोपण हुँदै आईरहेका छन् ।

गत वर्षको संविधान दिवशमा विभिन्न संघसंस्थाहरुले उक्त ईको पार्क सयौको संख्यामा अम्बा, अनार, किम्मु, विजयसाल, रक्तचन्दनलगायत प्रजातीका विरुवाहरु रोपण गरिएको छन् । अहिले उक्त विरुवाहरुले आफनो उचाई समाई रहेका छन्, अर्थात विरुवाहरु राम्ररी फस्टाई रहेका छन ।

समयसमयमा गरिने अनुगमन, स्याहारले सरसफाईले विरुवाहरु राम्रो भएको भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले जानकारी दिनु भयो । आफनो वडाको टोली निरन्तर यसको सुरक्षा, स्याहारलाई रिन्तरता दिएपछि विरुवाहरु फस्टाएको बताउनु भयो ।

एक वर्ष पहिला लगाएका विरुवाहरु पनि अहिले राम्रो भएको बताउनु भयो । सबैले अहिले यो पार्कमा चारैतर्फ तारको बार हालेपछि यसको सुरक्षा संरक्षणमा सजिलो भएको गाईवस्तु हरु अन्य स्थानियहरुको आवजावमा पनि कमी भएपछि अहिले बोट विरुवाहरु राम्ररी फस्टाएको उहाँले जानकारी दिनुभयो ।

पहिले चारैतर्फ खुल्ला भएका कारणले ईको पार्क भित्र रहेका रुखहरु बोट विरुवाहरु सर्ब सामुदायिक पशस चौपायले नष्ट गरीदने स्थायिहरु आएर रुख नै काटिदिने गरेको भएपनि अहिले केही गैर सरकारी संस्थाहरुको सहयोग आएपछि उक्त समस्याको समाधान भएको र बोट विरुवा रुखहरुको पनि सुरक्षा भएको वडा अध्यक्ष देवकोटाले बताउनु भयो ।

अहिले विहान २ घण्टा र बेलुकी २ घण्टा व्यायम गर्नेहरुका लगि खुल्ला गरिएको छ भने अन्य समयमा बन्द गर्ने गरिएको उहाँले बताउनु भयो । साथै नजिक रहनु भएका स्थानियहरुले प्रत्यक्ष रुपमा आएर सहयोग नगरेको बताउनु भयो । स्थानियहरुको नै अहम भुमिका रहेको भएपनि उहाँहरुले सहयोग छ आउन नस्कने अभियानमा जोडिन नसक्ने अवस्था रहेका बताउनु भयो ।

वडा सदस्य हेमबहादुर बस्नेतले भीमदत्त नगरपालिका बजार नजिक रहेको यो पार्कमा सबैले साथ र सहयोग गरेको खण्डमा यसमले पनि आफनो सौन्दर्यकरणमा फडको मार्ने बताउनु भयो । यसले स्वच्छ वातावरण निर्माण गरेको स्वास्थ्यको हिशावले पनि अति राम्रो रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.