विश्व वातावरण दिवशको अवसरमा सनराईज पब्लिक स्कुलद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको सनराईज पब्लिक सेकेन्डरी स्कुलले विश्व वातावरण दिवशको अवसरमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको छ ।

विद्यालयमा विद्यार्थीहरुले सबै भन्दा पृथक खाले जनचेतना फैलाउनका लागि अक्सिजन ब्याग बोकेर मुखमा अक्सिजन मास्क लगाएर सचेतना फैलाएका हुन, अहिले देखी हामीले वातावरणलाई जोगाउन सकेनौ भने भोली भविष्यमा सबैले यो पृथ्वीमा यसरी नै अक्सिजन ब्याग बोकेर बाच्नु पर्ने सन्देश दिन खोजेको सनराईज पब्लिक सेकेन्डरी स्कुल कक्षा १० की छात्रा प्रिथिका पालले बताउनु भयो ।

पछिल्लो समयमा वृक्षारोपण कम, रुख कटानी बढी रहेको अवस्थामा अक्सिजनको कमीले विभिन्न समस्याहरु बढदै गईरहेको भएर हामीले अहिले देखी नै सचेतना भएनौ भने भोलीको हाम्रो भविष्यमा यसरी नै बाच्नुपर्ने अवस्थाको चित्रण गरेको उहाँले बताउनु भयो ।

एकजनालाई अक्सिजनका लागि सरदर क६ वटा रुो आवस्यक्ता पर्ने र हामीले एक मुख ६ रुख भन्ने विचारलाई पनि आत्मसाथ गर्नुपर्ने छात्रा पालले बताउनु भयो । विद्यालयका सहायक प्रधानाध्यापक पुरन चालीसेले विश्व वातावरण दिवशको अवसरमा विद्यालयले विभिन्न सचेतना मुलक कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

सडक नाटक, य्राली, वृक्षारोपण गरेर विद्यालयले पनि विश्व वातावरण दिवश हर्षाेल्लासका साथमा मनाएको जानकारी दिनु भयो । विद्यार्थीहरुले विभिन्न सन्देश लेखेका प्लेकार्डहरु हातमा समातेर आम जनमानसलाई जनचेतना दिने गरी कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

पछिल्लो समयमा विश्वभरी जलवायु परिवर्तनले व्यापक हानी नोक्शानी भईरहेको र विद्यार्थीहरुलाई पनि त्यसको विषयम जानकारी दिन र उनिहरुलाई प्रत्यक्ष सहभागि बनाएर जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको उहाँले बताउनु भयो ।

साथै विद्यालयमा पनि ईको क्लबहरु गठन गरिएको र समयसमयमा विद्यालयमा र वरपरको समुदायमा गएर पनि सरसफाई गर्ने विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको बताउनु भयो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित

Comments are closed.