महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले सामाजिक उत्तरदायित्व कार्य अन्तरगत वृद्ध आश्रममा कुर्चि र फलफुल सहयोग गरेको छ । आईतवार बेदकोट नगरपालिका ७ र ८ मा रहेको श्री बैजनाथ धाम तथा वृद्ध आश्रम सेवा समितीमा ३० वटा कुर्चीहरु र फलफुलहरु सहयोग गरिएको हो ।

विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई संयुक्त रुपमा वृद्ध आश्रममा लगेर उत्तः कुर्चीहरु सहयोग गरेको छ । आफनो विद्यालय होली खेलेर संकलन गरेको रकमबाट श्री बैजनाथ धाम तथा वृद्ध आश्रम सेवा समितीलाई ३० वटा प्लाष्टिकको कुर्चीहरु सहयोग गरेको विद्यालयका प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।

विगतका वर्षमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको विद्यालयले यो वर्ष वृद्धआश्रममा कुर्चीहरु सहयोग गरेको उहाँले बताउनु भयो । वृद्धा आश्रमका संचालकले अहिले कुर्चि आवस्यक रहेको बताएपछि ३० वटा कुर्चीहरु सहयोग गरेको उहाँले बताउनु भयो ।

यो सहयोग गर्न पाउँदा आफुलाई गर्व महसुस भएको र विद्यार्थीहरुले पनि वृद्ध आमा बुवाको सेवा गर्नुपर्छ जिवित भगवान रुपी आमा बुवालाई सम्मान गर्नु पर्छ, वृद्ध आश्रममा छोडनु हुँदैन भन्ने सन्देश पनि दिन खोजिएको उहाँले बताउनु भयो ।
विद्यालयका संस्थापक हर्कबहादुर धामीले विगत ४० वर्षदेखी शिक्षा क्षेत्रमा लागेको र यस्तो क्षेत्रमा सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउनु भयो । विगतका दिनहरुमा पनि विद्यालयले अनाथालयमा वृद्ध आश्रममा सहयोग गर्दै आईरहेको र आज पनि सामाजिक सेवा अन्तरगत कुर्चीहरु सहयोग गर्न विद्यार्थीहरु सहित आएको बताउनु भयो ।
साथै आगमी दिनहरुमा पनि विद्यालयले सामाजिक उत्तरदायित्व कार्यमा सक्रिय भएर निरन्तर रुपमा काम गर्ने बताउनु भयो । कक्षा १० की छात्रा प्राश्ना विष्टले यो वृद्धा आश्रममा आएर आफनो बुवाआमालाई सम्मान गर्नुपर्ने माया गर्नुपर्ने सिकाई भएको बताउनु भयो ।
साथै विद्यालयले गरेको सहयाृेगले यो क्षेत्रमा सजिलो हुने बताउनु भयो । आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अहिले विद्यालयले नविनतम कार्यलाई अग्रता दिईरहेको उहाँले प्रिन्सिपल दिजराज भट्टले बताउनु भयो ।
विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।
Comments are closed.