महेन्द्रनगर । कञ्चनपुरमा उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै कृषि, पशुपालन, खाद्यन्न तर्फका ३ जना किसानहरुलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएको हो ।

कृषी ज्ञान केन्द्र कञ्चनपुरले भीमदत्त नगरपालिका १५ की भैसी पालक किसान सरस्वती पाण्डेय, कृष्णपुर नगरपालिका ५ का केरा किसान अर्जुन जेठारा र पुर्नवास नगरपालिका ६ का केरा र खाद्यन्न बालीका किसान विमल भण्डारीलाई नगद २५ हजार प्रमाणपत्रसहित सम्मान गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले सम्मन पाउनु हुने किसानहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । यसैगरी अझै आफनो पेशा व्यवसायीलाई अगाढी बढाएर आम्दानी बढाएर देशकै नमुना कृषक बन्न आग्रह गर्नु भयो ।

अहिले बजारमा विषादी हालेका तरकारी, फलफुलहरु, मिसावट दुधको विगविगी नै भएको बेलामा आफनै खेतमा अर्गानिक विषादी रहित तरकारी फलफुलहरु उब्जनी गर्न पनि आग्रह गर्नु भयो । जिल्लामा अन्य धेरै किसानहरुले पनि आफनो कृषी पेशामा राम्रो नमुना योग्य काम गरेको र आगमी दिनहरुमा उहाँहरुलाई पनि कामको मुल्याङकन गरी सम्मान गरीने बताउनु भयो ।
आफैले स्थलगत अनुगमन गरेर प्राविधीक समितिले पनि रिपोर्ट पेश गरेको र आफनो अनुगमन र रिपोर्ट मिल्न गएको भएर अहिले उहाँहरुलाई सम्मान गरेको बताउनु भयो । कृषी ज्ञान केन्द्रका प्रमुख गोविन्द सिजापतीले भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयको कार्यक्रम अन्तरगत जिल्लामा ६ जनाले निवेदन दिएका मध्ये उत्कृष्ट किसानलाई सम्मान गरिएको बताउनु भयो ।
उहाँहरुको छनौटका लागि जिल्ला स्तरमा कार्यक्रम कार्यान्वयन तथा व्यवस्थापन समिति र ३ जनाको प्राविधीक अनुगमन उपसमिती गठन गरीएको बताउनु भयो । उक्त प्राविधीक टोलीको फिल्ड अनुगमनको रिपोर्ट र अन्य उपसमितिको रिपोर्ट अनुसार उत्कृष्ट हुनुभएका किसानलाई आज सम्मान गरिएको बताउनु भयो ।
भीमदत्त नगरपालिका १५ की भैसी पालक किसान सरस्वती पाण्डेयले आफुलाई कृषी ज्ञान केन्द्रले सम्मान गरको प्रती खुसी र हौसला प्राप्त भएको बताउनु भयो । आफुले कोरोनाको समयमा एक गाईबाट व्यवसाय सुरुवात गरेको अहिले ३५ वटा भैसी र गाईवस्तुहरु रहेको र २ जना कर्मचारी राखेर व्यवसायी गरेको बताउनु भयो ।
पुर्नवास नगरपालिका ६ का केरा र खाद्यन्न बालीका किसान विमल भण्डारीले २०७२ सालमा ईजरायल गएर त्यँहा सिप सिकेर फर्किएर आएपछि व्यवसायीक रुपमा अहिले व्यवसाय गरीरहेको बताउनु भयो । सम्मान गरेको प्रती कृषी ज्ञान केन्द्रलाई धन्यवाद व्यक्त गर्नु भयो ।
अकाृ सम्मानित हुने किसान कृष्णपुर नगरपालिका ५ का केरा किसान अर्जुन जेठाराले २०६४ सालमा २ कठ्ठाबाट सुरुवात गरेको केरा खेती अहिले ४० विगाहमा केरा खेती गरेको बताउनु भयो ।
यो सम्मानले थप हौसला दिएको र केराले आफुलाई आर्थिक रुपमा पनि बलियो बनाएको बताउनु भयो ।
Comments are closed.