कञ्चनपुरमा स्थानिय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । कृषी ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा जिल्लामा रहेका ९ वटा पालिकाका प्रधानाध्यापक, शिक्षक, विश्व खाद्य कार्यक्रम, मर्सिकोरका प्रतिनिधीहरु सरोकारवालासंग अन्तरक्रिया गरिएको हो ।
कक्षा १ देखी ५ सम्म सरकारले विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गरेको र उक्त दिवा खाजामा आफनै रैथाने वाली स्थानिय उत्पादन खाजाहरुको प्राथमिकतालाई बढाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको कृषी ज्ञान केन्द्का प्रमुख गोविन्द सिजापतीले बताउनु भयो ।
विद्यार्थीहरुको स्वास्थ्य राम्रो हुने, पौष्टिक रुपमा पनि राम्रो हुने भएकाले स्थानिय स्तरमा उत्पादन वाली, तरकारी, खाद्यन्नलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको बताउनु भयो ।
स्थानिय स्तरमा उत्पादित तरकारी, उत्पादनलाई दिवा खाजमा कसरी जोडन सकिन्छ ? र आगामी दिनहरुमा विद्यालयमा पोषण बगैचा बनाउन सकिन्छ ? भन्ने विषयमा अन्तरक्रिया छलफल गरिएको बताउनु भयो ।
जिल्ला समन्वय समिति प्रमुखदुर्गा दत्त बोहराले विद्यालयमा पकाउने भाँडाहरु अल्मुनियमको प्रयोग भएको र उक्त भाँडामा खानेहरु पनि रिामी पर्ने बताउनु भयो । स्थानिय स्तरमा उत्पादन हुने विभिन्न तरकारीहरु, खाद्यन्नहरको प्रयोग पनि विद्यालयमा बढाउनु पर्ने बताउनु भयो ।
हाम्रै वरपर विभिन्न जातका औषधीजन्य बनस्पतीहरु खान मिल्ने भएकाले त्यसको पनि प्रयोग बढाउनु पर्ने बताउनु भयो ।
पुनरवास नगरपालिका ३ जनकल्याण मावीका शिक्षक विनोद कुमार केसीले अहिले आफुहरुले विद्यार्थीहरुलाई स्थानिय स्तरमा उत्पादन भईरहेका तरकारीहरु खनेकुराहरु नै खुवाई रहेको बताउनु भयो ।
बजारमा पाईने पत्तुर खानाहरुको प्रयोगमा कमी आएको बताउनु भयो ।
Comments are closed.