महेन्द्रनगर । भीमदत्त नगरपालिकाले विपदको समयमा खोज तथा उद्धार गर्ने सामग्रीहरु सहयोग गरेको छ । महाकाली नदि तटिय क्षेत्र बाढी डुवानको उच्च जोखिममा रहेको वडाहरुमा विभिन्न सामग्रीहरु सहयोग गरिएको हो ।

भीमदत्त नगरपालिकाको वडा ९, १०, ११, १२, र १३ लाई लाईफ ज्याकेट, बेल्च, रबर ट्युब, बुट, टर्च लाईट, हेलिमेट, बेल्चा, स्टेचरलगायतका सामग्रीहरु वडामा पुगेर वन वतावरण तथा विपद व्यवस्थापन समितिले यी सामग्रीहरु हस्तान्तरण गरेको छ ।

वन वतावरण फोहरमैला तथा विपद व्यवस्थापन समितिको संयोजक एवम वडा नम्वर ११ का अध्यक्ष प्रकाश थापाले विपदबाट प्रभावित वडाहरु, महाकाली तटिय क्षेत्रमा रहेका वडाहरुलाइ विपद आएपछि आवस्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको बताउनु भयो ।
अहिले सरकारले वडा नम्वर ११, १२ र १३ लाई विपद संकट अवस्थामा रहको भनेर घोषणा गरेको अवस्थामा भीमदत्त नगरपालिकाले पनि यस्ता वडामा कसरी विपदसंग जुद्धन सक्छ कसरी विपद पूर्वको तैयारी गर्न सकिन्छ, भनेर तिव्र रुपमा काम गरी रहेको बताउनु भयो ।

यसैगरी वडा नम्वर १२ का वडा अध्यक्ष भुपेन्द्र सिंह रावलले आफनो वडा पनि बाढी डुवानबाट प्रभावित रहेको हुँदा यी सामग्रीहरुले विपदको बेलामा उद्धार गर्न सहजता हुने बताउनु भयो ।

साथै उहाँले पालिकालाई सामग्रीहरु सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्नु भयो । यसैगरी वातावरण अधिकृत सविन रावलले वन वतावरण फोहरमैला तथा विपद व्यवस्थापन समितिका मौज्दातमा रहेका खोज तथा उद्धारमा आवस्यक पर्ने विभिन्न सामग्रीहरु वडा व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको बताउनु भयो ।
वडाहरु विपदको समयमा प्रभावित क्षेत्रमा पहिला पुग्ने र विपदमा खटिने भएकाले उहाँहरुलाइृ यो सामग्रीहरु हस्तान्तरण गरीएको बताउनु भयो ।
यसैगरी वडा नम्वर १३ का अध्यक्ष रामचन्द्र बोहरा झक्काशले आफनो वडामा पनि विपदबाट प्रभावित रहेको अवसथामा यो सामग्रीहरुले विपदमा केही राहत महसुस हुने र पालिकाको वन वातावरण फोहरमैला तथा विपद व्यवस्थापन शाखालाई धन्यवाद व्यक्त गर्नु भयो ।
भीमदत्त नरपालिकाका विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्टले पालिकाको ५ वटा वडामा विपदको समयमा खोज तथा उद्धार गर्न सहजता हुने सामग्रीहरु वडामा हस्तान्तरण गरिएको जानकारी दिनु भयो ।
Comments are closed.