महेन्द्रनगर । कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले साईकल वितरण गरेको छ । भीमदत्त नगरपालिकामा रहनुभएका २८ जना उद्यमशिल तथा गरिव पिछडिएका महिलाहरुलाई साइकल वितरण गरिएको हो । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा साईकलहरु वितरण गरीएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बोगटीले पछिल्लो समय जलवायु परिवर्तनले प्रकृतीलाई धेरै क्षती भईरहेको र त्यसको प्रत्यक्ष मारमा जनताहरु रहेको बताउनु भयो । कार्वन उत्सर्जन बढदै गईरहेको र यो साईकलले त्यसलाई कम गर्ने स्वस्थ्य शरिर र आफनो व्यवसायलाई बजारमा ल्याउनका लागि सहजता हुने बताउनु भयो ।

आफुहरुले उत्पादन गरेको तरकारीहरु, अन्य व्यवसाय पनि साईकलमा चलाउन सकिने भएकाले यो साईकल संस्थाले प्रदान गरेको प्रती र महिला सशक्तिकरण, दिगो विकास र जलवायुमैत्री सोच प्रवद्र्धन गर्ने यो सराहनीय पहलका लागि डिसिए नेपाल र सञ्जीवनी नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो ।

पाउनु हुने महिलाहरुले आफनो व्यवसायमा यसको प्रयोग गर्न पनि आग्रह गर्नु भयो । संजिवनी नेपालका कर्मचारी दिपक जोशीले विपन्न,गरिव,पिछडिएका तथा उद्यमशीलता गर्ने र गरी रहेका महिलाहरुलाई उद्यममा सहजीकरण गर्ने उदेश्यले साईकल वितरण गरीएको बताउनु भयो ।
बढ्दो जलवायु परिवर्तन न्यूनीकरणका लागि कार्बन रहित सवारी प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले डिसिए नेपालको आर्थिक सहयोगमा सञ्जीवनी नेपालले साइकल वितरण गरेको उहाँले बताउनु भयो ।
महिलाहरु को आय आर्जन मा टेवा पुय्राउने, कार्वन उत्सर्जन कम गरि जलवायु परिवर्तन न्यूनीकरण का लागि साँकेतिक अभियान स्वरुप यो साईकलहरु वितरण गरीएको र व्यवसायहरु प्नि संचालन गर्दा सहजताका लागि सहयोग गरिएको जानकारी दिनु भयो ।
सन्जिवनि को वर्थ परियोजना अन्तर्गत संचालनमा रहेको वडामा रहेको महिला सन्जालको बैठकले सहमति गरि वडा कार्यलय ले सिफारिस गरेर विभिन्न वडाका २८ जना महिला लाई १ वटा गरि २८ वटा साइकल वितरण भएको उहाँले बताउनु भयो ।
भीमदत्त नगरपालिका १३ पिपरैया की पिंकी वडले आफुलाई साईकल प्रदान गरेको प्रती स.स्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
साईकल पाएको दिन आज आफुले केही कपडाहरु खरिद गरेको र गाँउगाँउमा लगेर बेच्ने योजना रहेको बताउनु भयो । आफुले घरमा तरकारीहरु पनि उत्पादन गर्ने गरेको र अब यही साईकलमा राखेर बेच्ने उहाँको भनाई रहेको छ ।
Comments are closed.