सुदूरपश्चिममा पहिलो पटक पोखरी कटेजमा आयोजना हुँदैछ यस्तो वृहत कार्यक्रम, विदेशी स्वादमा खानाका विभिन्न परिकारहरु
महेन्द्रनगर । कञ्चनपुरमा रहेको पर्यटकिय क्षेत्र पोखरी कटेजमा श्रावण २ र ३ गते वृहत स्वाद, सिप, र संगीतको एक विशेष साँझको आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अन्तराष्ट्रिय स्तरका रसियन मास्टर सेफहरु, रसियन बार विशेषज्ञ महिलाले विभिन्न प्रकारका खानेकुराहरुका परिकारहरुको वेजोड व्यवस्थापनको साथमा दुईदिने कार्यक्रमको आयोजना हुने भएको हो ।

साथै उक्त कार्यक्रममा खानाका पारखीहरुका लागि विषेश व्यवस्थापनको साथमा नयाँ वातावरणमा नयाँ नयाँ स्वादमा स्वेदेशी र विदेशी खानेकुराहरु पस्कने आफनो योजना रहेको पोखरी कटेजका संचालक कृष्ण रानाले बताउनु भयो ।
रसियन विदेशी मास्टर सेफले बनाएका खानेकुराहरु र नेपालीमास्टर सेफहरुले बनाएका खानेकुराहरुको समिश्रणयुक्त खानाका परिकारहरु र विभिन्न सांगितिक प्रस्तुतीहरुको पनि आयोजना गरिने पोखरी कटेजका संचालक रानाले बताउनु भयो ।
सुदूरपश्चिममा पहिलो पटक यस्तो प्रकारको वृहत कार्यक्रमको आयोजना हुन लागेको र विदेशमा वर्षाेदेखी होटल र बार क्षेत्रमा काम गर्नु भएका अनुभवी विदेशी हेड सेफ, र नेपाली सेफहरुले आफनो काम गरेको अनुभवहरु खाना र बारको माध्यमबाट सिकाउने र यताको स्थानिय खानाहरुको बारेमा उहाँहरुलाई जानकारी दिने सिकाउने उदेश्यको साथमा उक्त कार्यक्रमको आयोजना गरीएको पोखरी कटेजका संचालक रानाले बताउनु भयो ।
साथै यो क्षेत्रमा होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुका लागि सुनौलो अनुभव रहन सक्ने पनि उहाँले बताउनु भयो ।वेदकोट नगरपालिका ७ का हाल १६ वर्षदेखी दुवईमा होटल संचालक रहेका र यो कार्यक्रमका म्यानेजर तारा सिंह विष्टले आफनै क्षेत्रमा विदेशी मास्टर सेफहरुको अनुभव र यहाँका मास्टर सेफहरुको अनुभवलाई खानाका िवभिन्न परिकारको माध्यमबाट पस्कने र ग्राहकहरुलाई पनि नयाँ स्वाद दिनका लगि यो २ दिने कार्यक्रम पोखरी कटेजमा आयोजना गरीएको बताउनु भयो ।
विदेशमा लामो समय होटल लाईनमा काम गरेका अनुवभी कर्मचारीहरुले होटल म्यानेजमेन्ट अध्ययन गरी रहेका विद्यार्थीहरुले पनि सिप सिक्नका लागि यो कार्यक्रम उपयुक्त हुने बताउनु भयो ।
साथै उहाँले होटलमा काम गर्न ईच्छुक विद्यार्थीहरुलाई दुवईमा रोजगारीको अवसर पनि आफुले व्यवस्थापन गरी दिने बताउनु भयो ।
Comments are closed.