कृषी ज्ञान केन्द्र कञ्चनपुरले अनुदान दिएपछि केराका बेर्ना उत्पादन गर्दै कृषक

महेन्द्रनगर । कृषी ज्ञान केन्द्र कञ्चनपुरले दक्षिणी क्षेत्र बेलौरीमा अनुदान दिएपछि केरा किसानहरुले व्यवसायीक रुपमा बेर्ना उत्पादनको सुरुवात गरेका छन् । केरा खेतीमा आफनो भविष्य निर्माण गरी रहेका केरा किसानहरुको सहजताका लागि कृषी ज्ञान केन्द्रले पचास प्रतिशत अनुदान दिएपछि अहिले केरा किसानहरुले बिशाल नर्शरीको निर्माण गरी २ लाख केराको बेर्ना उत्पादन गर्ने कार्य गर्ने भएका छन् ।

बेलौरी नगरपालिका ६ मा जिनाईन जातको बेर्ना उत्पादन गर्ने कार्यको सुरुवात हुने भएको हो । केरा किसान राजेन्द्र चन्दले २१ देखी २२ लाखको लगानीमा नर्शरी निर्माण गरेर केराको बेर्ना उत्पादन गर्ने कार्यको थालनी गरेको बताउनु भयो ।

केरा किसानहरुलाई गुणस्तरिय केराको विरुवाहरु प्रदान गर्ने र नर्शरीमा उत्पादन भएका राम्रा विरुवाहरु दिने उदेश्यले यो नर्शरी निर्माण गरेको बताउनु भयो ।

विगताका दिनमा केराको विरुवा राम्रो नपाउने, गुणस्तरहिन विरुवा पाईने किसानहरुलाइ उत्पादनमा समस्या हुने भएपछि अहिले केरा किसानको आवस्यक्तालाई मध्य नजर गर्दे कृषी ज्ञान केन्द्रको सहयोगमा नर्शरीको सुरुवात गरेको उहाँले बताउनु भयो ।

“पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण केरा खेती तर्फ बढ्दै गइरहेको छ, सयौ विगाहमा केरा खेती भईरहेको छ,सबैलाइै बेर्नाको आवस्यक पनिपर्ने भएको छ” केरा किसान चन्दले भन्नुभयो, “बीउ अभावका कारण अन्य खेती अपेक्षाअनुसार उत्पादन लिन नसकेपछि केरा खेतीले लाभ पनि दिने भएपछि बेर्ना उत्पादन शुरु गर्ने योजना बन्यो”।

बेर्नाको परनिर्भरता हटाउने लक्ष्यका साथ आफूहरुले बेर्ना उत्पादन थालेको उहाँको भनाई रहेको छ । “हाम्रो उत्पादन गरेका बिरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहेँलो हुँदै जाने, गुभो कुहिने र बोट सुक्दै जाने जस्ता समस्या हुँदैन, झण्डै तीन महिना ग्रिनहाउस नर्सरीमा हुर्किएपछि मात्र यो बिरुवा रोप्नका लागि तयार हुन्छ” ।

कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषी प्रसारक अधिकृत गोविन्द सिजापतीले कञ्चनपुरमा केरा खेतीको क्षेत्र विस्तार भईरहेको अवस्थामा समयमा केरा किसानहरुलाइ गुणस्तरिय केराको बेर्नाहरु सहज रुपमा प्रदान गर्ने उदेश्यले नर्शरीमा अनुदान दिएको बताउनु भयो ।

नेपाल सरकारको पचाश प्रतिशत र नर्शरी व्यवस्थापनकर्ताको पचास प्रतिशत लगानीमा २ लाख बेर्ना उत्पादन गर्ने व्यवसायिक रुपमा नर्शरीहरु निर्माण गरी केरा किसानहरुलाई सहज रुपमा बेर्ना प्रदान गर्ने प्रमुख उदेश्य रहेको बताउनु भयो । यस्मा आधुनिक प्रविधीको विकास गरेर बेर्नाहरु उत्पादन हुने भएका छन् ।

तर पछिल्लो समय भारतीय बजारबाट भित्रिने केराले नेपालमा उत्पादन भैरहेको केराले बजार पाउन सकेको छैन, । नेपाली केराहरु खानमा स्वास्थ्यको लागि राम्रो भएपनि भारतीय बजारबाट भित्रिने केरामा कमी भएको छैन ।

जसका कारण नेपाली केराको उत्पादन बढेपनि बजार अभावमा खपत हुन नसकेको केरा किसानहरुको दुखेसो रहेको छ ।

केरा खेतीको व्यवशायिकरण हुनुपर्ने र सरकारले नै केरा खेतीलाई व्यवसायिकरण गर्ने र बजारको सुनिश्चितता गर्न पहल गर्नुपर्ने केरा किसानहरुको भनाई छ ।

सम्बन्धित

Comments are closed.