कञ्चनपुरमा कर्फ्यू हट्यो, भोलि विहान ५ बजेपछि निषेधाज्ञा पनि हटाइने

 

महेन्द्रनगर । अन्तरिम सरकार गठन भएर अवस्था समान्य हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर लगाएको कर्फ्यू हटाएको छ ।

जेएन जी आन्दोलन हिंसात्मक भएपछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार भदौ २४ गते विहानदेखि जिल्लाभर कर्फ्यू र निषेधाज्ञा आदेश गरिएको थियो ।भदौ २४ गते कफ्र्यु र निषेधाज्ञा आदेश उल्लङघन गरी सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजानी गरिएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शनिबार जानकारी कफ्र्यु तथा निषेधाज्ञा सम्बन्धि सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९क० बमोजिम लगाइएको कफ्र्यु आदेश अर्को सूचना नभएसम्मका लागि हटाइएको उल्लेख गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९१० र ६९३० अनुसार लगाएको निषेधाज्ञालाई शनिबार जारी सूचनामा निरन्तरता दिइएको छ । सार्वजनिक सूचना अनुसार भदौ २९ गते अर्थात आइतबार विहान ५ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

जिल्ला प्रशासनले भदौ २४ गतेदेखि सदरमुकाम महेन्द्रनगर बजार र पूर्व पश्चिम राजमार्गका तीन किलोमिटर आपशपास तथा बेल्डाँडी, बेलौरी, लालझाडी, पुनर्वास र दोधारा चाँदनी नगरपालिकाको बजारमा कफ्र्यु तथा निषेधाज्ञा आदेश जारी गरेको थियो ।

शनिबार प्रशासनले जारी सूचना आइतबार विहान ५ बजेपछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार लगाइएका सबै कफ्र्यु र निषेधाज्ञा आदेश पूर्ण रुपमा हटाइने उल्लेख गरिएको छ  ।

सम्बन्धित

Comments are closed.