महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उताबाट आईतवार केही सवारी साधनहरु आएको केही व्यक्तीहरु विहान भारत तर्फ नेपाली नागरिकता देखाएर गएको गड्डाचौकीका व्यापारीहरुले बताए पनि जिल्ला प्रहरी कार्यालयले भने भारत जानमा पूर्ण रोक लगाएको जनाएको छ ।
सामाजिक संजालमा पश्चिमी सिमानाका गड्डाचौकी खुल्ला भएको सुचना आएपनि उक्त गलत सुचनाको पछाडी नलाग्न जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एकहप्ता पहिले जेन–जीको आन्दोलनपछि भारतले सुदूरपश्चिमका सीमानाका भएर नेपालीलाई भारत प्रवेशमा लगाएको निषेध हटेको छैन् ।
अहिले इमरजेन्सी विरामीहरु, एम्बुलेन्सलाई मात्रै भारत जान दिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी शागर बोहराले जानकारी दिनु भएको छ ।
गड्डाचौकी नाका संचालनमा नआएको उहाँले बताउनु भयो । नागरिकता देखाएर जान दिईरहेको भन्ने जानकारी गलत भएको र अहिले पश्चिमी सिमानाका बन्द नै रहेको बताउनु भयो ।
कञ्चनपुरको गड्डाचौकी, ब्रहमदेव र कैलालीको गौंरीफन्टा नाका भएर भारत जाने नेपालीलाई नाका नखुले पछि सकस भएको छ ।
गत भदौ २३ र २४ गते नेपालमा भएको जेन–जीको आन्दोलनपछि भारतबाट फर्किने नागरिकलाई भारतीय पक्षले नेपाली परिचयपत्र अनिवार्य गरिएको थियो ।
त्यस्तै, भारतीय आधार कार्ड लगायतका कागजपत्र नभएका ब्यक्तिलाई भारत जान रोक लगाइएको थियो । भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्ना नागरिकलाई समेत उक्त समयमा नेपाल आउँन दिएको थिएन ।
Comments are closed.