कञ्चनपुरमा जेन जी आन्दोलनमा चोरी भएका सामानको विषयमा प्रशासनको भनाई

महेन्द्रनगर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले हालैको जेनजी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटपाटमा हराएका सामग्रीहरू फिर्ता गर्न सूचना जारी गरेको छ ।

भदौ २३ गतेको आन्दोलनपछि जिल्लाभित्रका सरकारी, सार्वजनिक तथा निजी आवास घरहरूमा भएको तोडफोड र लुटपाटबाट हराएका नगद, सुनचाँदी, गरगहना, कागजात, लत्ताकपडा, फर्निचर, मोबाइल, ल्यापटप लगायतका समाग्री सम्बन्धित कार्यालय वा सुरक्षाकर्मीमार्फत अनिवार्य फिर्ता गर्न आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले कानुन विपरीत आचरणमा संलग्नलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । सूचनामा लुटिएका सम्पत्ति फिर्ता नगरे कानुनी कारबाहीमा पर्नुपर्ने बाध्यता हुने उल्लेख गरिएको छ ।

सम्बन्धित

Comments are closed.