महेन्द्रनगर । जेन जी आन्दोलनमा ज्यान गुमाउने सबैको सम्झनामा बुधबार महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । नागरिक समाज सहित विभिन्न संघ संस्थाले मदनचोमा दिप प्रज्वलन गरेका छन् ।

गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले कार्यक्रममा पत्रकार,होटल व्यवसाय सघ,निर्माण ब्यवसायि,उद्योगी व्यवसायी सहभागी भएको जानकारी दिए ।दिप प्रज्वलन ओम शान्तिको टिमले शुरु गरेको गरेको तिरुवाले बताए ।
लोकतन्त्र र दिगो शान्तिका लागी नागरिक समाज कंचनपुरको
प्रेस वक्तव्य
जेन(जी पुस्ताले सुशासन कायम र भ्रटाचार अन्त्यका लागि भाद्र २३ र २४ गते भएको शान्तिपूर्ण आन्दोलनलाई सरकारका तर्फवाट बर्बरपूर्ण दमन कारण तत्काल १९ जना किशोर युवा सहित हाल सम्मु ७३ भन्दा वढिको मृत्यु भएको साथै हजार भन्दा वढी घाईते भएको दुःखद घटनाले आम नागरिक समाजलाई मर्माहत बनाएको छ । जेन(जी पुस्ताको आन्दोलनमा शाहदत प्राप्त गर्नु भएका प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ साथै आन्दोलनका क्रममा घाइते भएकाहरु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
कंचनपुर जिल्लामा आन्दोलनका क्रममा तोडफोड आगजनी, लुटपाटवाट भएको क्षतीको नागरिक समाज कंचनपुरले नागरिक अनुगमन गरेको छ । उक्त जेन(जीको आन्दोलनको आडमा केही व्यक्तिरसमुहले देशको ऐतिहासिक धरोहर सहितका सार्वजनीक, व्यक्तिगत, व्यापारिक संरचनामा आगजनी, तोडफोड र लुटपाट गरेको घटनाले आम नेपालीलाई दुःखीत वनाएको छ, साथै आर्थिक रुपले ठुलो नोक्सानी बेहोर्नु परेको छ। यसरी व्यक्तिगत, सार्वजनिक, व्यवसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड, लुटपाट जस्ता कार्य को नागरिक समाज घोर निन्दा गर्दछ ।
नेपालमा दिगो शान्ति र समृद्धिको वातावरण हुन नदिने वारे राजनीतिक क्षेत्रवाट भुराजनीतिको कारण देखाए पनि देश भित्र भ्रष्टाचार मौलाउदै जानु, सामाजिक न्याय हराउदै जानु, सुशासन कायम नहुनु, दण्डहिनता बढ्नु, युवाहरुलाई रोजगारीको वातावरण नहुनु, उचित स्थानमा योग्य व्यक्ति नुहुन, राजनीतिक दलभित्र पनि राजनीतिक लोकतान्त्रीक अभ्यास कायम नहुनु, हरेक क्षेत्रलाई दलगत भागवण्डा गरिनु, स्वार्थपूर्ण राजनीतिक समिकरण गर्दै जानु, विचौलिया र सेटीङ्ग मौलाउनु जस्ता कारणले देशमा चरम असन्तुष्टि पैदा गर्नेमा मूख्य जिम्मेवार राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र सम्पूर्ण सरोकारवालाले समयमा ध्यान पुगाउन नसकेको नागरिक समाजको ठहर छ ।
आज मिति २०८२।०५।३१ गते महेन्द्रनगरमा बसेको लोकतन्त्र र दिगो शान्तिका लागि नागरिक समाज कंचनपुरको वैठकले वर्तमान राजनीतिक परिवर्तन पश्चात नयाँ सरकार र। आम सरोकारवाला संग नागरिक समाजको धारणा यस प्रकार रहेकोछ ।
१० विगत देखि सचेत पूर्ण भूमिका निर्वाह गर्दै आएको भएता पनि नागरिक समाज कंचनपुरले निभाएको भूमिकाको गंभिर आत्मसमिक्षा गर्दै समाजमा असुन्तुष्टि पैदा हुनुमा नागरिक समाजको पनि केही हद सम्म सचेत खवरदारीमा कमी कमजोरी रहेको स्विकार्दै आगामी दिनमा थप संचेतपूर्ण खवरदारीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
२ भ्रष्टाचार अन्त्य र सुशासनका लागि जेनरेसन(जेड र नयाँ पुस्ताले उठाएका परिवर्तनका मुद्धा र जायज माग पुरा गर्न गर्न नेपाल सरकार संग जोडदार माग गर्दछौ।
३ जेनजीको शान्तिपूर्ण आन्दोलनको आडमा केही व्यक्ति र समुहवाट भएको क्षतिको निश्पक्ष छानविन गरि पीडितलाई उचित क्षतिपूर्ति र जघन्य अपराधिक गतिविधि गर्नेलाई कानुनी कारवाही गरिनु पर्ने माग गर्दछौ ।
सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार, शान्ति र विकास नागरिकको चाहना
४ नेपालका दल र नागरिक समाज लगायतका सबै सरोकारवाला लाइ जेन(जीबाट सुरु भएको आन्दोलन र आन्दोलन पछिको घटना क्रममको सिकाई सहित गंम्भिर समिक्षा गर्न अनुरोध गर्दछौ ।
५ जेन(जीको अन्दोलनको क्रममा विभिन्न व्यक्ति र समुहबाट भएको तोडफोड, आगजनी, लुटपाट र कारागारबाट कैदी फरार पश्चात समाजमा देखिएको त्रासपूर्ण वातावरणलाई स्थानीय स्तरमा जनधनको सुरक्षाको ग्यारेन्टी गरि शान्ति र अमनचयन कायम गर्न माग गर्दछौ ।
Comments are closed.