जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा वाार्षिक समीक्षा कार्यक्रम सम्पन्न

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाको प्रमुख आतिथ्यता तथा समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय पालिका,प्रदेशका कार्यालय र संघिय कार्यालयहरुका विचमा जिल्ला मा भएका विकास निर्माणका कार्यहरुको गतिविधिहरुका बारेमा समीक्षा गरिएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न भएका वार्षिक कार्य प्रगती विवरण, काम गर्दा समन्वय र सहकार्य, समस्या, चुनौती र समाधानमा आफनो प्रस्तुतीकरण गरेका थिए । सबै पालिकाहरुले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाउने भन्ने निर्णयले कार्य सम्पादनमा समस्या हुने र चुनौती थपिने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले यो कार्यक्रमले विगतका सम्पन्न भएका कार्यहरुमा आएका चुनौती समस्या के थिए कसरी त्यसलाई कम गर्न सकिन्छ भनेर सिकाई हुनुपर्ने बताउनु भयो ।

यो वर्षमा विगतका गल्ती कमीकमजोरी र चुनौतीलाई कम गरी राम्रो प्रगती कसरी लिन सकिन्छ ? बजेट निर्माण गर्दा के ध्यान दिने ? भन्ने विषय पनि यो वार्षिक समीक्षा कार्यक्रमबाट सिकाई हुने बताउनु भयो ।

साथै नेपालको संविधानले निर्माण गरेको तिन तहको सरकार निर्माण गरेको भएर सबैले एकअर्का संग मिलेर जनताहरुको मर्म बुझेर, जनतामुखी भएर, सुशासन कायम गरेर सेवा प्रदान गर्नुपर्ने बताउनु भयो ।कामगर्ने विषयमा एकरुपता हुनुपर्ने पारदर्शी भएर काम गर्न सक्यो भने कसैले पनि औला उठाउन नसक्ने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जिल्लामा भएका विभिन्न विकास निर्माणले कसरी गती लिईरहेको छ, हाम्रा आवस्यक्ताहरु के हुन ? लगायतका अन्य कार्यहरुको विषयमा भएका प्रगती, समस्या चुनौती र समाधान के हुन सक्छन ? भन्ने विषयमा छलफल भएको बताउनु भयो ।

यो कार्यक्रमले आवस्यक्ता पहिचान गर्ने, कमजोर पक्षलाई सुधार गरेर लेजाने, विकास निर्माणलाई जनतामुखी कसरी बनाउने, भन्ने विषयमा पनि महत्व का साथमा छलफल भएको बताउनु भयो ।

यहाँ उठेको विषयहरु विहिवार आयोजना हुने जिल्ला सभामा छलफल हुने र संघिय सरकार, प्रदेश सरकार, र स्थानिय सरकार सम्बन्धित निकायमा पहल गरीने बताउनु भयो । जिल्ला सभाले एउटा मापदण्ड खाका तयार पार्ने र यो जिल्ला सभाको पूर्व सन्ध्यामा आयोजना गरीएको वार्षिक समिक्षा कार्यक्रमले सकारात्मक सन्देश दिनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

साथै, उहाँले विषयगत कार्यालयहरुले दिने सेवा प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । नागरिक प्रति केन्द्रित हुँदै जिल्लाका समग्र विषयमा ध्यान दिनुपर्ने र आफनो कार्यशैली र भुमिकालाई स्मरणयोग्य बनाईनु पर्ने तथा जनताहरुलाई सुशासन र सन्तुष्टी हुने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनु भयो ।

साथै उहाँले कर्मचारीहरुले धैर्यवान बन्नुपर्ने भएपनि कार्यक्रम समापन हुँदा सम्म आधा भन्दा बढीले कार्यक्रम छोडेर गएको प्रती असन्तुष्टी व्यक्त गर्नु भयो ।

 

सम्बन्धित

Comments are closed.