४ करोड ३२ लाख ९८ हजारको कुल लागतमा कुलो निर्माण हुदै
देवदत्त ओझा
बैतडी, ५ असार
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ७ असीमी मन्दिरको तल बदलखेतबाट सिचाईको लागि पानीको मुहान शुरु भएर करीब ५ सय मिटरजति द.न.पा. वडा नम्बर ७ कै जग्गा सिचाई हुन्छ भने बाकि करिब ५ कि.मि. मेलौली न.पा. को वार्ड नम्बर २ मा पर्दछ । सम्पुर्ण कुलोको लम्बाई ५.५ किलोमिटर लामो रौलाघाट गाड सिचाईकुलाको योजना सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण कार्य विगत आव २०७५/७६ बाट सञ्चालन हुदै आइ रहेको छ ।
गत वर्ष २०७५/७६ मा उक्त कुलो निर्माणका लागि ११ लाख ५ हजारको सम्झौता भई मुहान र मुहानबाट अगाडी १ सय ९५ मिटर कुलो समेत निर्माण गरीएको थियो । ९० हेक्टर जमिनमा सिचाई हुने रौलाघाट कुलो विगत ४ वर्षबाट प्रायः बन्द रहेको छ । देहीमाण्डौ सलेना सडक बनाउने क्रममा तीन ठाउमा (डङेली, भट्टाड र पत्थरकुडा) कुलो भत्काइएपछि कुलो सञ्चालन बन्द रहेको स्थानीय उपभोक्ता बताउछन् । विगतमा सडक खन्नुपुर्व उक्त कुलो संचालनमा थियो र तत्कालीन अवस्थामा पनि गरीबी निवारण आयोगको सहयोगमा करीब १ लाख ८० हजार खर्च भई अधिकाँश ठाउमा कुलो सिमेन्टेट गरि संचालन गरिएको तत्कालिन उपभोक्ता समितिका अध्यक्ष डम्मरदत्त पाण्डेयले बताउनु भयो ।
त्यस क्षेत्रका संघीय सांसद दामोदर भण्डारीले उपभोक्ताहरुको मागलाई मध्यनजर गरि बिभिन्न ठाऊका योजनाहरुको सम्भाव्यता अध्ययन गराई आवश्यकताको आधारमा लागु गराउने तर्फ पहल गरिएको जानकारी दिनु भयो
त्यत्तिबेलाको प्रविधिले निर्माण गरेको कुलो सञ्चालनमा त थियो नै पुन प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको सहयोगबाट बिस्तृत परियोजना प्रतिबेदन (DPR) तयार गरि खर्च गरी निर्माण गर्दा पहिले निर्माण गरीएको कुलोलाई भत्काएर नया प्रविधिका आधारमा अहिले पुन निर्माण भइ रहेको छ । यस सन्दर्भमा सिचाई विकास डिभिजन कार्यालय पाटनका प्राविधिक (छैटौं) इन्जिनियर तथा सुचना अधिकारी ललित मालीका अनुसार रौलाघाट सिचाई गाड योजना दशरथचन्द नगरपालिका वडा नम्बर ७ र मेलौली नगरपालिका वडा नम्बर २ मा पर्दछ जस्को आ.ब.२०७५/७६ मा सर्वे भएको थियो । उक्त सर्वे चन्द्रनाथ ईन्जिनीयरिंग एण्ड कन्स्ट्रसन प्रा.लि महालक्ष्मी ४ ललितपुरले गरेको थियो । उक्त विस्तृत परीयोजना प्रतिवेदनका आधारमा ४ करोड ३२ लाख ९८ हजारको कुल लागत ईस्टिमेट रहेको छ । उक्त ईस्टिमेट मध्येबाट भ्याट अर्थात मुल्य अभिवृद्धि कर एवम् अन्य प्राविधिक खर्च कटाएर काम गर्नुपर्ने सिविलवर्कको लागि ३ करोड १२ लाख ७९ हजार २ सय १६ र पैसा २१ मात्र रहेको छ ।
उक्त कुलो निर्माण भइसकेपछि १ सय १० घरधुरी संख्या लाभान्वित हुने छन् । यस आर्थिक वर्षको सम्झौता अनुसार ५ सय ७० मिटर कुलो निर्माण हुने र ६ घन मिटरका मेसनरी वाल लगाउने गरी २४ लाख ८५ हजार ३ सय ५६ रुपैयाको सम्झौता भएको छ । उक्त सम्झौता ७ सदस्यीय उपभोक्ता समितिका अध्यक्ष गोरखबहादुर चन्द संग गरिएको हो । गत वर्ष २०७५/७६ मा उक्त कुलो निर्माणका लागि ११ लाख ५ हजार खर्च भएको थियो भने उपभोक्ता समितिका अध्यक्ष पनि गोरखबहादुर चन्द नै थिए । हाल उक्त कुलो निर्माण गर्दा बायातिरको कुलोको डिल ४० सेन्टिमिटर अग्लो दायातिरको ५० सेन्टिरमिटर अग्लो र कुलोको चौडाई ३० सेन्टिमिटर रहेको छ । ईन्जिनियर मालीका अनुसार कुलोमा ढुङ्गाको स्वेलिङ गरिसकेपछि ७ ओटा फलामका लामो छड बिछ्याई २०/२० सेन्टिरमिटरमा सानो छडले बाध्नुपर्ने र गिट्टी, बालुवा, सिमेन्टको मिश्रणको लेप गरी फिनिसिंङ गर्नुपर्ने उल्लेख गरिएको कुरा बताउनु भएको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालयबाट आएको रकमका आधारमा मात्रै कुलोको काम अगाडी बढि रहेको र बढि रकम आएपछि टेण्डर प्रक्रियाका माध्यमबाट कुलो निर्माण गरिने कुरा ईन्जिनियर मालीले बताउनु भएको छ । अन्यथा यसै अनुरुप उपलब्ध भएको रकमका आधारमा काम अगाडी बढाइने कुरा पनि उहाले गर्नु भयो । एकै पटक रकम बढी विनियोजित गरि टेण्डरका आधारमा काम किन अघि बढाउन नसकेको भन्ने प्रश्नमा सांसद दामोदर भण्डारीले आउदो आ.ब. मा त्यता तिर पहल गरिने कुरा पनि बताउनु भयो । यस किसिमका सिचाई एवम् जाली तटबन्धका योजनाहरु जिल्लाभरीमा २ सय जति रहेका र त्यसमध्येबाट ३० देखि ३५ योजनाहरु संघीय सरकारका र बाकी प्रदेश सरकारका रहेका कुरा मालीले बताउनु भयो ।
Comments are closed.