शान्ति पुर्नस्थापना गृह कञ्चनपुरको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । मानव बेचबिखन विरुद्धको अभियानमा क्रियाशील शान्ति पुर्नस्थापना गृह कञ्चनपुर शाखाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार शान्ति पुर्नस्थापना गृहका संस्थापक अध्यक्ष शान्ता सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, बेलडाँडी गाँउपालिकाका प्रमुख भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्री, सशस्त्र प्रहरी मझगाँउका डिएसपी, स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुखहरू, गैसस महासंघका प्रतिनिधि, सञ्चारकर्मीहरू र शान्ति पुर्नस्थापना गृहका विभिन्न क्षेत्रमा कार्यरत परामर्शदाताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रमुख अतिथि बोहराले मानव बेचबिखन रोकथामका क्षेत्रमा पि.आर.सी.ले गरेको कार्यको उच्च प्रशंसा गर्दै “मानव बेचबिखनजस्तो गम्भीर अपराध न्युनिकरणमा शान्ति पुनस्र्थापना गृहले गरेको योगदान अनुकरणीय रहेको बताउनु भयो । आगामी दिनमा पनि यस किसिमका प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।”उक्त कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले भने, “बेलडाँडी खुला सिमावर्ती क्षेत्र भएकाले मानव बेचबिखनको जोखिम सधैं रहन्छ।

यस्ता जोखिमका बीच पनि पि.आर.सी.का प्रतिनिधिहरूले जुन समर्पणका साथ काम गरिरहेका छन्, त्यसको हामी खुलेरै प्रशंसा गर्छौं।”भीमदत्त नगरपालिकाकी उप प्रमुख नीलम लेखक जोशीले मानव बेचबिखनको मूल कारण गरिबी र बेरोजगारी रहेको बताउँदै रोजगारीका प्रलोभनमा परेर धेरै युवतीहरू जोखिममा पर्ने उल्लेख गर्नुभयो। उहाँले सबै निकाय मिलेर सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, बेलौरी नगरपालिकाका उप प्रमुख जोगराम चौधरीले सिमाक्षेत्रमा लैङ्गिक हिंसा र बेचबिखन न्यूनीकरणका लागि शान्ति पुनस्र्थापना गृहले उल्लेखनीय कार्य गर्दै आएको भन्दै जोखिम मोलेर काम गर्ने संस्थाका कर्मचारीहरूको आत्मबल र समर्पणको प्रशंसा गर्नुभयो।संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यक्रम सभापति शान्ता सापकोटाले मानव सेवामा सबैले आ आफ्नो ठाउँबाट लाग्नु पर्नेमा जोड दिए ।

उनले भने ” तपाईं सहभागीहरूले हाम्रो सहकर्मीहरूले गरेको कामको प्रशंसाले मन प्रफुल्ल भएको बताईन । शान्ति पुनस्र्थापना गृहका क्षेत्रिय संयोजक संजित सिंहले प्रत्येक वर्ष संस्थाले आफनो वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमको आयोजना गर्नुपर्ने भएकाले यो वर्षको पनि सामाजिक लेखा परिक्षण सम्पन्न गरीएको बताउनु भयो ।

२०८१÷८२ आर्थिक वर्षमा मात्र कञ्चनपुर शाखाले ४ हजार २५५ जना व्यक्तिलाई परामर्श सेवा प्रदान गरेको र २४६ जनाको उद्धार गरेको शान्ति पुनस्र्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका सुपरभाईजर मनिषा न्यौपानेले बताउनु भयो । उक्त कार्यक्रमको संचालन नितु विष्ट र मनिषा न्यौपानेले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.