कञ्चनपुरमा धान खरिद कोटा पुरा, धान बेच्न नपाएका किसानहरु आक्रोसित

महेन्द्रनगर । धान किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानको धान खरिद नगरीकन व्यपारीको मात्रै धान खरिद गरेको आरोप लगाएका छन् । सरकारले तोकेको ५ हजार क्विन्टल धान खरिद भईसकेपछि धान बेच्न लिमिटेडमा पुगेका किसानहरु आक्रोसित भएका हुन् ।

यस वर्ष पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्ने कोटा रहेकोमा मंसिर ३ गतेसम्म उक्त धान खरिद गर्ने कोट पुरा भएपछि किसानको धान खरिद नभएको हो । अहिले पनि कतिपय किसानहरुले धान बेच्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुर कार्यालयमा पुय्राएका छन् ।

किसानहरुले गल्ला व्यापारीहरुको धान खरिद गरेर कोट पुरा गरेको आरोप लगाएका छन् । मंसिर ३ गते सम्म धान खरिद गर्ने कुपन वितरण गरीसकेको र अन्य किसानहरुलाई पछि आएर नाम टिपाउन भनिएको वेदकोट नगरपालिका ७ का ईश्वरी दत्त भट्टले बताउनु भयो । साना किसानहरुले अहिले सम्म आफनोधान सरकारलाई बेच्न नपाएको विगत देखी यस्ते समस्या रहेको उहाँले बताउनु भयो ।

सबै धान व्यापारीले खरिद गरेर बेच्न ल्याएको उहाँले दावी गर्नुभयो । यसरी नै किसानहरु मारमा परेको र यस्तो नियमले झन किसानहरु निराश भएको बताउनु भयो । भीमदत्त नगरपालिका ३ तिलकपुरकी पुष्पा भण्डारीले मंसिर ३ गते फेरी कुपन बाडिन्छ भनेर आफु आफनो धान ल्याएर आएको भएपनि धान खरिदको कोटा पुरा भईसक्यो भनेर जानकारी दिईएको बताउनु भयो ।

गाँउगाँउबाट व्यापारीहरुले ल्याएर बेचेपछि कोट पुरा भएको र साना किसानहरुले आफनो धान बेच्न नपाएको गुनाशो गर्नु भयो ।, भीमदत्त नगरपालिका १९ बागफाटाका नरबहादुर शाहले आफनो ४ क्विन्टल धान पनि बेच्न नपाएको र सबै धान व्यापारीले यहाँ बेच्न ल्याएको दावी गर्नु भयो ।

सरकारले यो वर्ष कम कोटा छुट्याएर किसानलाई मारमा पारेको बताउनु भयो । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने निर्णय गरेको बताउनु भयो ।

खाद्यले खरिद गर्ने कोटाको सबै धान खरिद भईसकेको र अब बाँकी धान ल्याउनु भएका किसानहरुको विवरण संकलन गरेर माथी माग गर्ने बताउनु भयो । व्यापारीहरुको मात्रै धान खरिद भएको छ नी ? भन्ने प्रश्नमा आफुहरुले वडाबाट आएको सिफारिसलाई आधार मानेर मात्रै धान खरिद गरेको बताउनु भयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो । संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ ।

कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व शून्य दशमलव दुई प्रतिशतले बढेको छ ।

यस वर्ष दुई लाख तीन हजार छ सय ८३ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष एक लाख ९३ हजार ९८४ मेट्रिक टन उत्पादन भएको थियो।

सम्बन्धित

Comments are closed.