महेन्द्रनगर । सुपर इन्टरटेन्मेन्ट हाउस प्रालि र बाडुलकी मिडिया हाउस प्रालिको संयुक्त आयोजनामा गत सोमबार धनगढीमा सम्पन्न ‘चौथो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८२’ को भव्य समारोहका बीच लोकप्रिय उद्घोषक केपी कलौनी कला सम्मान विधातर्फ ‘सुप इन्टरटेन्मेन्ट कला सम्मान’ बाट सम्मानित भएका छन।
समाजमा रहेका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने अन्य व्यक्तित्वहरूलाई पनी उक्त कार्यक्रममा सम्मान’ प्रदान गरिएको थियो । यसैगरी, कलाकार भूपी उपाध्यायले ‘बेस्ट एक्टर’ अवार्ड प्राप्त गरेका छन्।
लोकगायक गणेश सिंहको स्वर रहेको ‘रसिलो मसिलो’ देउडा गीतबाट भूपी उपाध्याय सर्वोत्कृष्ट देउडा गीत अभिनय विधामा छनोट भएका हुन्।
देउडा गीतमा प्रस्तुत गरिएको उनको स्वाभाविक, जीवन्त र भावनात्मक अभिनयले निर्णायक समिति तथा दर्शकको मन जित्न सफल भएको आयोजकले जनाएको छ।
यो यसैगरी निर्देशक, कोरीयोग्राफर मासुम विष्टले ए रूपा गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफ हुन भएको छ ।
Comments are closed.