महेन्द्रनगर ।कञ्चनपुरमा भारतबाट खरिद गरी ल्याइएका विद्युतीय स्कुटरहरू कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको पाइएपछि धमाधम नियन्त्रणमा पर्न थालेका छन् ।
भारतबाट व्यक्तिगत रूपमा खरिद गरी नेपाल भित्र्याइएका तथा दर्ता र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक सडकमा सञ्चालन गरिएका विद्युतीय स्कुटरहरू प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।
सम्बन्धित कानुनी व्यवस्था तथा दर्ता प्रक्रियाको अभावका कारण यस्ता स्कुटरहरू सञ्चालनमा समस्या देखिएको स्थानीय सरोकारवालाले बताएका छन् । नियन्त्रणमा लिइएका विद्युतीय स्कुटरहरू आवश्यक अनुसन्धान तथा राजस्व सम्बन्धी प्रक्रिया अघि बढाउन गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित निकायले कानुनी व्यवस्था स्पष्ट नहुँदासम्म दर्ता तथा भन्सार प्रक्रिया पूरा नगरी भारतबाट ल्याइएका सवारी साधन सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
भन्सार अधिकृत चक्रदेव भट्टले “भारतबाट ल्याइने विद्युतीय स्कुटर नेपालमा सञ्चालन गर्न कानुनी प्रक्रिया नभएका कारण अहिले समस्या भईरहेको बताउनु भयो ।
भन्सार महसुल तिर्ने व्यवस्था पनि नभएका कारण यस्ता विधुतीय स्कुटरहरु अवैधानिक रूपमा भित्र्याइएको देखिएको उहाँले बताउनु भयो ।
अहिले बजारमा चलिरहेका विधुतीय स्कुटरहरु अपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने खतरा बढेको भएर सुरक्षा निकायले यस्ता विधुतीय स्कुटरहरुलाइ नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो ।
साथै भारतबाट कसैले पनि विधुतीय स्कुटर खरिद नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
Comments are closed.