महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग रोजगार, सीप तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, कञ्चनपुरका नौवटै स्थानीय तहका रोजगार संयोजक, सीप विकास केन्द्र कञ्चनपुरका प्रतिनिधि, होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, निर्माण व्यवसायी संघका प्रतिनिधि, होटल सञ्चालक, गैसस महासंघ लगायत विभिन्न निजी क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

“समृद्ध वेदकोटको आधार ः सीप, उद्यम र सहकार्य“ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ को प्रभावकारी कार्यान्वयन तथा निजी क्षेत्रसँगको साझेदारीलाई सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकासलाई प्रोत्साहन गर्ने तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता कसरी बढाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष जोशीले एकद्धार प्रणालीबाट सिपलाइृ परिमार्जन गरी प्रदान गर्ने र सिप बेचिने खालका आवस्यक्त भएका सिप हरु प्रदान गरीनु पर्ने बताउनु भयो । साथै एउटा घर बनाउने मिस्त्रीलाई वाईरिङ र प्लम्बरको पनि सिप सिकाउन सके बढी आम्दानी गर्न सक्ने भएकाले यसरी नै सिप सिकाउनु पर्ने बताउनु भयो ।
साथै, रोजगार, सीप तथा उद्यमशीलता प्रवद्र्धन गर्ने आफनो कार्यविधी रहेको र अब अगाढी बढनका लागी यहाँहरुको साथ र सहयोग गर्न र पालिकाले उत्पादन गरेका सिपयुक्त व्यक्तीहरुलाइ यहाँहरुले साथ दिने रोजगार दिनका लागी आजको यो कार्यक्रमको आयोजान गरीएको बताउनु भयो ।
कार्यक्रममा वेदकोट नगरपालिकाका रोजगार संयोजक भोजराज अवस्थीले रोजगार, सीप विकास र उद्यमशीलतालाई स्थानीय स्तरमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले रोजगार, सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३ ले स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच समन्वय गर्दै रोजगारी सिर्जना, सीप विकास र उद्यम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नगरपालिकाले सञ्चालन गर्ने विभिन्न सीपमूलक तालिम तथा रोजगार कार्यक्रमलाई निजी क्षेत्रको आवश्यकता अनुरूप सञ्चालन गरिने उल्लेख गर्दै तालिम प्राप्त युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
साथै, स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै समृद्ध वेदकोट निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
Comments are closed.