वेदकोटमा कार्बन लाभ बाडफाड तथा लगानी सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेलकोट नगरपालिकामा कार्बन लाभ बाडफाड तथा लगानी सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको छ । समुदायमा आधारित वन व्यवस्थापन समुहहरुका लागि कार्बन लाभ बाडफाड तथा लगानी सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ सुदुरपश्चिम प्रदेश समन्वय समितीले आयोजना गरेको हो । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु, लगायतको उपश्थिती रहेको थियो उक्त कार्यक्रममा कार्वनको व्यापार लाभाँस वितरण, कार्ययोजनालगायतको विषयमा छलफल भएको हो ।

लाभाँस पाउनका लागी कस्तो योजना बनाउने कस्तो काम गर्ने भन्ने विषयमा रहेर उहाँको कार्य योजना अनुरुप छलफल भएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो ।

उपभोक्ता समितिले प्रस्तावना कसरी निर्माण गर्ने, कहाँ खर्च गर्ने भन्ने विषयमा छलफल भएको बताउनु भयो । समुदायमा आधारित वन व्यवस्थापन समूहले वन संरक्षण तथा व्यवस्थापनमार्फत प्राप्त हुने कार्बन लाभलाई कसरी प्रभावकारी रूपमा बाँडफाँड गर्ने र त्यसबाट प्राप्त लाभलाई समुदायको हितमा कसरी लगानी गर्ने भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

प्रशिक्षक दलबहादुर घर्तीमगरले नेपालले कार्वन संचित गरेको भएर वल्र्ड बैंक मार्फत आएको १ अबर ३४ करोड रुपैँया आएको बताउनु भयो । यसलाई सामुदायिक वन उपभोक्ता समितिले बनाएको दगानी योजना माथी रहेर छलफल भएको र कार्य योजना बनाउनमा सहयोग गर्ने पनि योजना रहेको जानकारी दिनुभयो ।

उपभोक्ता समितिले आफनो कार्य योजना प्रस्तुत गरेर उहाँहरुको योजना बमोजिम काम गर्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो । सामुदायिक वन व्यवस्थापनमा आदिवासी जनजाति, दलित अपाङगता भएका व्यक्तीहरु तथा स्थानीय समुदायको भूमिका विषयमा छलफल भएको बताउनु भयो ।

साथै वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभमा समुदायको पहुँच, लाभको न्यायोचित बाँडफाँड तथा प्राप्त रकमलाई स्थानीयस्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा समुदायमा गएर कार्यक्रमको आयोजना गरीने भएको छ ।

सम्बन्धित

Comments are closed.